पुष्पलाल स्मृति दिवसका अवसरमा ओलीको विशेष घोषणा, माधव नेपाल खुशीले गदगद

बिहिबार, ७ साउन २०७८

काठमाडौं – पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष घोषणा गरेका छन् । ओलीले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका नेताहरुलाई आममाफी दिने घोषणा गरेका हुन् ।

उनले नेपाल पक्षका नेताहरुले अक्षम्य अपराध गरेको भएपनि यसलाई आममाफी दिने बताएका हुन् । उनले देउवालाई पनि अपराधी भनेका थिए ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा ओलीले भनेका छन्, ‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड ।’

उनले अघि भनेका छन्, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’ उनको यो भनाईले नेपाल पक्षका नेताहरु भने खुशी भएका छन् ।

आवेगमा आएर नेताहरुलाई कारवाही गर्न स्पष्टिकरण सोधेका ओलीको बुद्धि बताएको नेपाल पक्षका नेताले बताएका छन् । उनीहरुले संविधान बचाउनु आफूहरुको कर्तव्य भएका फ्लोर क्रस गरेको बताउँदै आएका थिए ।