सफल जीवन जिउनका लागि महात्मा गान्धीका २० प्रेरक भनाइ
काठमाडौं– विश्व इतिहासमा महात्मा गान्धी यस्ता एक्ला दार्शनिक हुन्, जो सिद्धान्तको प्रतिपादक मात्र नभएर युगका महान नेता पनि बने । त्यसैले उनलाई विश्व जगतले अहिले पनि उच्च आदर र सम्मान प्रकट गर्छ ।
दोस्रो विश्वयुद्धको चपेटाबाट त्रसित विश्वलाई अहिंसाको मार्गबाट पनि परिवर्तन सम्भव छ भन्ने विश्वस्त गराउन उनी सफल रहे । उनको जन्म २ अक्टोवर सन् १८६९ मा भएको थियो भने उनको मृत्यु ३० जनवरी सन् १९४८ मा भएको थियो । महात्मा गान्धीका २० प्रेरक भनाई
१. जहाँ प्रेम छैन त्यहाँ जीवन छैन । २. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो । ३. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमा दिनु ठूलो मान्छेको गुण हो । ४. पुस्तक र मोतीमा यति मात्र फरक छ । मोती बाहिर चम्किन्छ अनि पुस्तक अन्तस्करणमा ।
५. पहिले तिनीहरुले तिम्रो बेवास्ता गर्नेछन् । तिमी माथि हाँस्छन् । तर अन्तिममा तिमीले राज गर्छौ । ६.तिमी यसरी सिक कि तिमी सधैँभरी बाँच्दछौ । तर तिमी यसरी बाँच कि तिम्रो मृत्यु भोली नै हुँदैछ ।
७. संसारलाई परिवर्तित भएको देख्न चाहानेले पहिला आफू परितर्न हुन सिक । ८. व्यक्ति त्यहि बन्छ जे उसले सोचेको हुन्छ । ९. मानिस आफ्नै सोचाइको उत्पादन हो । १०. मेरो अनुमति बिना मलाई कसैले पनि पीडा दिन सक्दैन । ११. खुसी तब मात्र मिल्छ जब तिमीले सोच्ने,भन्ने र गर्ने कुराहरुबीच मेल खान्छ ।
१२. यदि तिमी विश्वमा शान्ती चाहन्छौ भने आफ्नैै बच्चाहरुबाट शुरुवात गर । १३. अरुको सेवामा आफूलाई समर्पित गर्नु नै आफूलाई चिन्नु हो । १४. यदि तिमी अल्पमतमा छौ भने पनि सत्य भनेको सत्य हो । १५. महानता पाएपश्चात् होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ ।
१६. तैले मेरो आँखा फोडिस्, म तेरो फोड्छु भन्ने हो भने संसार अन्धो हुन्छ । १७. तिमीले आज गरेको काममा नै तिम्रो भविष्य अडिएको हुन्छ । १८. यदि सफल जीवन जिउँनुछ भने सफलताको भावनालाई त्याग्नुपर्छ । १९. जब झुसिल्कीराले अब संसार सकिँदैछ भन्ने सोच्छ तब उ सुन्दर पुतलीमा परिणत हुन्छ ।
२०. आवाजलाई नबढाउ बरु आफ्नो तर्कलाई सुधार ।