भीम रावलले किन राजीनामा दिएका थिए, किन फिर्ता लिए ? प्रचण्डले खोले पोल
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिनुको रहस्य खोलिदिएका छ्न । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा बोल्दै प्रचण्डले रहस्य खोलेका हुन् ।
शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममामा बोल्दै प्रचण्डले गठबन्धन टुटाउने प्रयास स्वरुप रावलको राजीनामा आएको बताए । संसद विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको उनको भनाई छ ।
‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’ प्रचण्डले भने, ‘अझै हामी सचेत भइरहनु पर्नेछ । नत्र फेरी प्रतिगनमको खतारा छ ।’
संविधान बचाएर ठूलै लडाइँ जितिएको भन्दै प्रचण्डले अझै चुनौती बाँकी रहेको बताए । ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन,’ उनले भने ।
त्यस्तै, प्रचण्डले कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताएका छन् । कार्यक्रममा बोल्दै उनले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिएका हुन् ।
जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना(साना भए पनि हरेक दिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझाव दिएका छन् । यसअघिको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिममत्तताका साथ काम गर्नुपर्ने बताए ।