प्रहरीभित्र सइसम्मको सरुवाको जिम्मा अव प्रदेशलाई

मंगलबार, २७ कार्तिक २०७५

कार्तिक २७, काठमाडौं– संघीय प्रहरी ऐन ल्याउन ढिला भएपछि सरकारले प्रदेश सरकारलाई तल्लो तहका प्रहरीले सरुवा तथा प्रहरी चौकी निर्माणको अधिकार प्रत्यायोजन गरेको छ ।

मन्त्रिपरिषद् बैठकले ‘प्रदेश प्रहरी’, प्रशासन तथा शान्ति सुरक्षासम्बन्धी कार्यकारी आदेशमार्फत यस्तो अधिकार दिएको हो ।

केन्द्रीय प्रहरीको ऐन तथा नियमावलीमा रहेको सरुवा मापदण्डअनुसार प्रदेशभित्र प्रहरी नायब निरीक्षक (सइ)सम्मको सरुवाको अधिकार प्रदेशलाई दिइएको गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए ।