शशांक कोइराला स्वास्थ्यमन्त्री बन्दै, अरु को–को बन्दैछन् मन्त्री ?
साउन – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला उपप्रधानसहित स्वास्थ्य मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले कोइरलालाई मन्त्री बन्न प्रस्ताव गरेका थिए । देउवाको प्रस्ताव कोइरालाले सहर्ष स्वीकारेका थिए ।
प्रधानमन्त्री देउवाले शशांकलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न प्रस्ताव गरेका थिए । यसमा शशांकले सकारात्मकरुपमा ‘हुन्छ, म सभापति नेतृत्वको सरकारमा सहभागी हुन तयार छु’ भनेको श्रोतको भनाई छ ।
प्रधानमन्त्री देउवाले केही दिनमै मन्त्रीपरिषद् विस्तार गर्ने बताएका छन् । सोही लटमा महामन्त्रीलाई पनि सपथ ग्रहण गराउने उनको तयारी छ । मन्त्रिपरिषद् विस्तारको विषयमा उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि छलफल गरेका छन् ।
माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामको सूचि देउवा कहाँ पुगिकेको छ । तर, नेपाल समूहले भने तत्काल सरकारमा सहभागी नहुने जवाफ दिएको छ । नेपाल समूहकोको ग्रिन–सिग्नल कुरेका प्रधानमन्त्री देउवाले अब भने मन्त्रिपरिषद् विस्तारमा ढिलाई नगर्ने बताउन थालेका छन् ।
माओवादीबाट दलित कोटाबाट महेश्वर जंग गहतराज (अथक), आदिवासी जनजातीबाट जयपुरी घर्ति, मद्येशीबाट शिवकुमार मण्डल मन्त्री बन्ने पक्का भएको श्रोतको भनाई छ । कतिवटा मन्त्रालय भागमा पर्छ त्यही अनुसार अरु समानुपातिक समावेशीताका आधारमा मन्त्री छनोट गरिने माओवादी केन्द्रले जनाएको छ ।
काँग्रेसबाट देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, पुष्पा भुसाल, राजन केसी, भीमसेनदास प्रधान मन्त्री बन्ने भएका छन् । काँग्रेसबाट बालकृष्ण खाण गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।