एआइजी बस्न्यात र अखिल नेपाल फूटबल संघका अध्यक्ष शेर्पाबीच भेटवार्ता

मंगलबार, २७ कार्तिक २०७५

कार्तिक २७, काठमाडौं- नेपाल प्रहरी प्रतिष्‍ठानका कार्यकारी निर्देशक तथा नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक  धिरु बस्न्यात र अखिल नेपाल फूटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच भेटघाट तथा छलफल सम्पन्न भएको छ ।

छलफलको क्रममा नेपाल प्रहरीको फुटबल टिमको क्षमता विकास तथा समग्र नेपाली फुटबल विकासका लागि खेलाडीहरुको क्षमता अभिवृद्धि, नयाँ खेलाडी उत्पादन तथा आधारभूत भौतिक पूर्वाधार निर्माणमा दुई पक्षबीचको आपसी सहकार्य लगायत बिषयहरुमा छलफल समेत गरिएको थियो ।