प्रेरक प्रसंग : सर्वाधिक लोकप्रिय कसरी बन्ने ?
काठमाडौँ – यसबेला एक महिलाको स्मरण भइरहेछ, यद्यपि उनी सभा–सोसाइटीमा कहिल्यै गएकी छैनन् तैपनि उनी सुसंस्कृत व्यक्तित्वका जीवित प्रतिभा हुन् । उनमा यति विशिष्ट व्यवहारकुशलता छ र प्रत्येक मामिलालाई उनी यति सूक्ष्मता, सुन्दरता र सुनचले हल गर्दछिन् कि उनलाई चिन्ने मानिसहरूले ती महिलाको व्यवहारलाई नारी मात्रका लागि श्रेष्ठ आदर्श मान्दछन् ।
उनले भनेका सबै कुरा विलकुल ठीक प्रतीत हुन्छ । उनलाई चिन्ने सबैले उनीमाथि स्नेह तथा आदरभाव राख्छन् । ती महिलाले कुनै गलत काम गर्लिन् भनी कसैले सोच्नै सक्दैनन् । दयालुपन नै उनको सामाजिकताको नियम पुस्तक हो र उनी कुनै पनि व्यक्तिलाई कहिल्यै अनादर गर्दैनथिन् ।
ठीक काम त्यो पनि ठीक समयमा गर्नुको रहस्य यस तथ्यमा लुकेको छ कि तपाईंको हृदय दयापूर्ण होस् र तपाईंको व्यवहारमा चातुर्यता र सामान्य सुझबुझ होस् । धेरै मानिस जंगलमा बसे, झपडीमा हर्के, कोमल सामाजिकताको तौरतरिका सिक्ने तिनीहरूलाई कहिल्यै अवसर मिलेन तैपनि तिनीहरूलाई सम्मानित पदमा राखियो ।
उदाहरणका लागि राज्यका गभर्नर अथवा संसद सदस्यको पदमा तिनीहरूलाई पुऱ्याइयो, तैपनि तिनीहरूले सारा कार्यव्यवहार यति औचित्य र स्वाभाविक रूपले निर्वाह गरे कि कसैलाई कहिल्यै तिनीहरूले औपचारिक शिष्टाचारको व्यवहार गर्दैनन् भन्ने कुनै गुनासो गर्ने मौकै मिलेन ।
सबैका लागि उनको हृदयको विशालता, दयालुपन, सहृदयता, प्रसन्नचित्त, सबैको स्नेहको कारण बने । मानिसहरू उनीप्रति आकर्षित भए, उनीसँग प्रेम गर्न थाले, उनलाई पुज्न थाले र यसप्रकार उनी अत्यन्तै लोकप्रिय बने । यदि तपाईं इतिहासको पाना पल्टाएर हेर्नुहुन्छ भने यस्तै प्रकारका मानिसहरू राजा, राजनीतिज्ञ, धार्मिक तेता, समाजसुधारक वा व्यावसायिक नेता बनेको पाउनुहनेछ ।
प्रसन्नचित्त, निःस्वार्थपन, स्नेह, सदभाव, आदर आदि गुणद्वारा नै तिनीहरू अरूलाई आकर्षित गरी असीमित लोकप्रियताका स्वामी बनेका छन । तिनीहरूमा अन्य प्रकारका खराबी अथवा त्रुटिहरू भए पनि यी मिलनसारिताका गुणद्वारा नै तिनीहरूले मानिसहरूको हद शासन गर्ने गर्दथे । कार्य र कारणको अटुट सम्बन्ध हुन्छ । प्रतिचेष्टा चेष्टाको समय नै हुन्छ । यदि तपाईं आँपको रुख रोप्नुहुन्छ भने ऑपकै बृक्ष बन्छ।
यदि सुन्तलाको बोट रोप्नुहुन्छ भने तपाईं आँप फल्ने आशा गर्न सक्नुहुन्न । हामी खेतमा जे रोपे पनि त्यसैको फल काटन सक्छौं । संसार मानौं कुवाको आवाज हो । यदि हामी मधुर बोल्छौं भने मधुर प्रतिध्वनि सुनिन्छ र यदि गालीको भाषा बोल्छौ भने गाली नै सुनिन्छ । जस्तो रोप्छौं त्यस्तै फल काट्छौं ।
विम्बमा जस्तो छ ऐनामा त्यस्तै देखिन्छ । प्रतिविम्ब कहिल्यै विम्बभन्दा भिन्न हुन सक्दैन । यदि हामी मुस्कुरायौं भने प्रतिविम्ब पनि मुस्कुराउँछ, रोयौं भने रुन्छ, क्रोध गयौं भने क्रोध गर्दछ, यदि घृणाले त्यसतर्फ हेन्या भने त्यसले पनि घृणाले हामीतिर हेर्दछ ।
एक दयालु हृदय, एक प्रेमभावनामय मन, सद्भावनापूर्ण व्यवहारले तपाईंलाई जनताको प्यारो बनाइदिन्छ । तिनीहरूले तपाईलाई यति माया गर्नेछन्, तपाईंलाई यति आदर गर्नेछन्, यति पुज्नेछन् र तपाईंको आदेशको यसप्रकारले पालन गर्नेछन् कि तपाईको लोकप्रियता । र प्रभाव बढ्दै जानेछ ।