भारतबाट भन्सार छली ल्याएका लाखाँका राँगा बरामद

बुधबार, १३ साउन २०७८

काठमाडौँ – सप्तरीको सुरुङ्गा नगरपालिका १० मा रहेको बलान खोलाबाट प्रहरीले लाखौँ मूल्यका अबैध राँगाहरु बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा सप्तरी प्रहरीले ४० वटा राँगा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेलेका अनुसार इलाका प्रहरी कार्यालय कडरबोनाको टोलीले बलान खोलाको पश्चिमी किनाराबाट राँगा बरामद गरेको हो ।

राँगालाई थप अनुसन्धानको लागि राजविराज भन्सार कार्यालय तिलाठी पठाइएको प्रहरीले जनाएको छ ।