गोकर्ण विष्टको नेतृत्वमा सरकारमा जाँदै एमाले, मन्त्री बन्ने ६ जनाको नाम फाइनल

बुधबार, १३ साउन २०७८

काठमाडौँ – नेकपा एमाले माधव नेपाल समूह सरकारमा सहभागी हुने भएको छ । यसका लागि मन्त्रीहरुको लिष्ट तयार भएर बालुवाटार पुगेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हातमा पुगेको पत्रमा एमालेको तर्फबाट गोकर्ण विष्टको नेतृत्वमा ६ जना सांसदहरुको नाम उल्लेख छ । एमाले सचिव समेत रहेको विष्ट यसअघि केपी शर्मा ओलीको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए । कार्यसम्पादन राम्रो हुँदा हुँदै पनि उनलाई मन्त्रीबाट हटाइएको थियो ।

भीम रावललाई सरकारमा सहभागी हुन बारम्बार आग्रह गर्दा पनि नमानेपछि एमालले माधव समूहले विष्टको नेतृत्वमा सरकारमा पठाउन लागिएको हो । देउवाले रावललाई परराष्ट्र मन्त्रालय दिने बचन दिएका थिए । तर रावलले आफ्नो केही मागहरु रहेको र ती मागहरुका बारेमा सरकारको धारण सार्वजनिक हुनपर्ने अडान राखेपछि थिए ।

उनले एमसीसीबारे सरकारको नीति के हो ? लिपुलेक लिम्पियाधुरा र कालापानीको विषय के हुन्छ ? भन्दै देउवालाई प्रश्न गरेका थिए । देउवाले यस विषयमा कुनैपनि जवाफ दिएका छैनन् ।

देउवा सरकारमा एमालेबाट विष्टसहित बेदुराम भुषाल, विरोध खतिवडा, मेटमणी चौधरी, रामकुमारी झाँक्री र किसन श्रेष्ठ मन्त्री बन्दैछन् । उनीहरुलाई कुन कुन मन्त्रालय दिने भन्ने विषयमा टुङ्गो लागिसकेको छैन् । तर नेताहरुले पार्टी एकताकै प्रयास भइरहेकाले तत्काल सरकारमा सहभागी नहुने बताएका छन् ।