कोरोना संक्रमणदर उकालो लाग्दै, २४ घण्टामा थपिए ३८४०

बुधबार, १३ साउन २०७८

काठमाडौँ – नेपालमा थप ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ८०८ नमूना परीक्षण गरिएकोमा सो संख्यालाई संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार यस अवधिमा १० हजार ८८६ जनाको पिसिआर परीक्षण गरिएकोमा २ हजार २ हजार ६३४ जना र ४ हजार ९२२ जनाको एन्टेजिन विधिबाट गरिएको परीक्षणमा १ हजार २०६ जनामा संक्रमण देखिएको छ । यस अवधिमा १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमण पुष्टि भएकामध्ये ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

भक्तपुरमा ९४ जना, ललितपुरमा २०६ र काठमाडौँमा ५६९ जनामा संक्रमण पुष्टि भएको छ ।  होम आइसोलेसनमा २६ हजार ६५२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ भने संस्थागत आइसोलेसनमा २७९२ जना गरी कूल नेपालमा २९ हजार ४४४ जना सक्रिय संक्रमित रहेको छ ।

७ लाख ४६ हजार ६५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने यसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । त्यस्तै, हालसम्म ९ हजार ७७१ जना संक्रमितले भने ज्यान गुमाएका छ । पछिल्लो दिनहरुमा कोरोना संक्रमणको दर बृद्धि भइरहेको मन्त्रालयले जनाएको छ ।