चीन विरुद्ध एक्सनमा उत्रियो अमेरिका, विश्वभर खैलाबैला
काठमाडौं – पछिल्लो समय अमेरिका र चीनबीच द्वन्द बढ्न थालेको छ । तालिबानका नेताले संगठनलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन चीन भ्रमण गरेसँगै अमेरिका एक्सनमा उत्रिएको छ ।
अमेरिकाले अफगानिस्तानमा तालिबानले कब्जा जमाएको अवस्थामा अफगानिस्तान ‘परियाह स्टेट’ बन्न सक्ने चेतावनी दिदै एक्सनमाम उत्रिएको हो । ‘पहियाह स्टेट’ भन्नाले अन्तर्राष्ट्रिय समुदायले बहिस्कार गरेको राज्य हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार भारत भ्रमणको क्रममा यस्तो बताएका हुन् । विदेशमन्त्रीको यस्तो भनाइ आएको हो । ‘आफ्ना नागरिकको अधिकारको सम्मान नगर्ने, आफ्ना नागरिकमाथि अत्याचार गर्नेजस्ता काम हुन्छ भने अफगानिस्तान अन्तर्राष्ट्रिय समुदायबाट बहिस्कृत हुन्छ ।’, ब्लिन्केनले भने ।
तालिबानले चीनलाई अफगानिस्तान तेस्रो मुलुकमाथिको षडयन्त्रको लागि प्रयोग हुन नदिने आश्वस्त गराएको छ । पछिल्लो समय अफगानिस्तानमा आफ्नो कब्जा बढाइरहेको समयमा तालिबानका प्रतिनिधिले चीनको भ्रमण गरेका हुन् ।
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले विश्वव्यापीरुपमा आफूलाई स्वीकार गराउने हो भने तालिबान परिवर्तन हुनुपर्ने बताएका छन् । ‘तालिबान आफूलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन चाहन्छ, उसले अफगानिस्तानमा अन्तर्राष्ट्रिय समुदायको सहयोग चाहेको छ ।
वास्तवमा तालिबानका नेताहरु विश्वभर स्वतन्त्ररुपमा घुम्न चाहन्छन् र आफूमाथिको प्रतिबन्ध हटोस् भन्ने चाहन्छन् । शक्तिको आडमा सत्ता लिएर आफ्ना नागरिकहरुको अधिकार दुरुपयोग गर्नुचाहिँ उक्त उद्देश्य हासिल गर्ने मार्ग होइन’, ब्लिन्केनले थपे ।