महाकाली नदीमा नेपाली नागरिक खसेपछि मोदीले गरे ट्वीट, नेपाललाई यसरी फकाए
काठमाडौँ – भारतीय प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले नेपाललाई फकाएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै मोदीले नेपाललाई भुटान र माल्दिभ्ससँग तुलना गर्दै फकाएका हुन् ।
शुक्रबार तुइनमार्फत दार्चुला सदरमुकाम आउँदै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसवीले तुइन काटेर नेपाली नागरिक वेपत्ता पारेको थियो । यो विषयमा नेपालमा आगो बालिरहेका बेलामा मोदीले नेपाललाई फकाउने हिसावले ट्वीटर गरेका हुन् ।
ट्वीटमा भारतका प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई भूटान, मोरिसस र माल्दिभ्ससँग तुलना गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘भूटान होस्, नेपाल होस्, माल्दिभ्स होस्, मोरिसस होस्, हामी केवल छिमेकीमात्रै होइन, बरु हाम्रो सोच र सामाजिक तानाबानामा पनि धेरै समानता छ ।’
उनले अगाडि भनेका छन्, ‘हामी सबै सुख–दुःखका साथी हौं । जब, कुनै आपत आउँछ, विपत्त आउँछ, तब सबैभन्दा पहिले हामीले एक अर्कालाई सहयोग गर्छौं ।’ उनको यो ट्वीट महाकाली नदिमा व्यपत्ता भएका ३५ वर्षीय युवा जयसिंह धामी केन्द्रीत भएको कुटनीति क्षेत्रका जानकारहरु बताउँछन् ।
‘दार्चुला जिल्लाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउंदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीका जवानले तुइन काटिदिएका कारण उनी बेपत्ता भएका थिए ।
