एमसीसी पास हुनभन्दा अगाडि नै नेपाल आयो अमेरिकी सेना

शनिबार, १६ साउन २०७८

काठमाडौँ – अमेरिकी सेना नेपाल आएर विभिन्न गतिविधिमा संलग्न रहेको पाइएको छ । बहुचर्चित तथा अत्यधीक गिजोलिएको विषय मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालको राजनीतिक माहोल तातेको बेलामा अमेरिकी सेना नेपाल आएको खुलेको हो ।

कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको निषेधाज्ञाको मौका छोपी अमेरिकी सेना नेपाल आएको हो । अहिले विभिन्न खालका सामाजिक काम गरिरहेको जस्तो देखाउँदै उनीहरुले नेपालको सुरक्षा व्यवस्थामाथि धावा बोलिरहेका छन् ।

कोरोना भाइरसको रोकथाम गर्ने भन्दै अमेरिकी सेना नेपाल आएको नेपाल स्थित अमेरिकी दुतावासले पुष्टि गरेको छ । ‘यो महामारीको शुरूवात देखिनै अक्सीजनको दीर्घकालीन आपूर्ति एक चुनौती बन्दै आएको छ।’ अमेरिकी दुतावासले भने छ, ‘नेपालस्थित अमेरिकी मिशनमा कार्यरत अमेरिकी इन्डो–प्यासिफिक कमान्ड, रक्षा मन्त्रालय र स्पेसल अपरेसन्स कमान्ड प्यासिफिक अन्तरगतका अधिकारीहरूले नेपालका विभिन्न भाग काम गरिरहेका छन् ।’

सामाजिक संजाल फेसबुकमा ४७ लिटर क्षमताका अक्सिजन सिलिन्डरहरूको हस्तान्तरण गरेको अमेरिकी सेनाले जनाएको छ । उक्त सेनाले यो कार्यक्रम अन्तरगत आउने केही हप्तामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयमा ४४०० सिलिन्डरहरू वितरण गर्ने जनाएको छ ।

यसमा अमेरिकी सेनामात्र होइन् पुरै रक्षा मन्त्रालय र स्पेसल अपरेसन्स कमान्ड नेपाल आएको छ । यसको मतलव अमेरिकाको सम्पूर्ण सुरक्षा समेन्त्र नेपालमा छ । उनीहरुले नेपालको राष्ट्रियतामाथि खुलेयाम परेड खेलिरहेका छन् ।

इण्डो प्यासिफिक कमाण्ड भनेको अमेरिकी शैन्य रणनीति अन्तरगतको एउटा इकाइ हो । यही योजना अन्तरगत नेपालमा एमसीसी परियोजना लागु गर्नका लागि अमेरिकाले दवाव दिइरहेको छ । अहिले लुकेर चीन विरुद्धका गतिविधि गरिरहेको यो सेनाले एमसीसी संसदबाट जस्ताको जस्तै पास भए खुलेयाम आफ्ना गतिविधि संचालन गर्ने छ ।