हेल्मेटै लाउन नपर्ने बाइक बेच्छ चन्द्र ढकालको आईएमई अटोमोटिभ्स

आइतबार, १७ साउन २०७८

काठमाडौँ – पूर्वयुवराजधिराज पारस शाह बेलाबेलामा विवाधमा आइरहन्छन् । हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि शुक्रबार साँझ उनलाई प्रहरीले पक्रियो ।

काठमाडौं महाराजगञ्जको नारायणगोपाल चोकमा हेल्मेटबिना ‘हार्ले ड्याभिड्सन’को मोटरसाइकल कुदाएका उनी नसाको तालमा थिए । लागुऔषध दुव्यसनीका सिकार शाह ड्रग्स र मदिरा नियमित लिने गर्दछन् ।

प्रहरीका अनुसार उनले राम्रोसँग उभिन र बोल्न सक्ने अवस्थामा समेत थिएनन् । प्रहरीको फन्दामा परेपछि हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै प्रहरीकै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गर्दै पारसले प्रहरीसँग सवाल जवाफ गरे । उनले ‘म कहिल्यै हेल्मेट लगाउँदिन ’ भनेपछि प्रहरीले बाइकबाट ओरालेर घर पुर्यादिन खोजेका थियो । लफडा पछि जम्मा भएका धेरैमध्ये एक मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पुर्याएका थिए ।

‘उनले करोडको बाइक देखाएर प्रहरीसँग जोरी खोजेका हुन् ।’ एक सर्वासाधारणले भने, ‘के महङ्गो बाइक चढ्दैमा हेल्मेट लगाउन नपर्ने हो र ?’

उनी प्रहरीको फन्दामा परेपछि उनले चढ्ने मोटरसाइकलको बारेमा धेरैले चासो दिएका छन् । उनले चढेको यो मोटरसाइकल हो हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल । यो उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चण्ड ढकालले बेच्ने गरेका छन् ।

आईएमई अटोमोटिभ्सले यो बाइकलाई नेपालमा प्रमोट गरिरहेको छ । तर हाल नेपालस्थित नेपालको शोरुममा यो उपलब्ध छैन। उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने आईएमई अटोमोटिभ्सले जनाएको छ ।

‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ आईएमई अटोमोटिभ्सका एक म्यानेजरले भने, ‘उहाँलाई चाहिएको रहेछ । हामीले नै उपलब्ध गराएका हौँ ।