चोरियो छिन्नमस्ता मन्दीरको मूर्तिको मुकुट
काठमाडौँ – सप्तरीको छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) चोरी भएको छ । आइतबार सांझ छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध मन्दीर भित्र रहेको मुकुट चोरी भएको हो ।
साँझ करिब ७ः ३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।
यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बेलाबेलामा नेपालमा मन्दीरमा प्रयोग भएका बहुमूल्य धातुका गहनाहरु चोरी हुने गरेका छन् । नेपाली चोरी फैठारी गरी बेचिएका बहुमूल्य मुर्तिहरु केही समयअघि अमेरिकाबाट नेपाल फर्काइएको छ ।