सरकारले खुट्टा कमाएपछि अघि बढे विप्लव, दार्चुला घटनाका अपराधिलाई कारवाही गर्ने

सोमबार, १८ साउन २०७८

काठमाडौँ – नेपाल सरकारले दार्चुला घटनाको निश्पक्ष अनुसन्धान गर्न आलटाल गरिरहेको विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टीले आरोप लगाएको छ । सरकारले अपराधिलाई देख्दा देख्दै पनि अनुसन्धानमा आलटाल गरेको भन्दै नेकपाले सरकारमाथि यस्तो आरोप लगाएको हो ।

घरबाट भारतको बाटो हुँदा दार्चुदा सदरमुकाम आएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल एसएसवीले नदि तर्दै गर्दा तुइन काटेर बेपात्ता बनाएको विरोधमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपाका सचिवलय सदस्य सन्तोष बुढामगर (विषम)ले सरकारले अपराधिलाई कारबाही गर्न खुट्टा कमाएको भन्दै आफूले कारवाही गरेर देखाउने बताए ।

विषमले रोजगारीका लागि काठमाडौँ हिडेका धामीलाई हत्यारा जसरी तुइन काटेर हत्या गर्नु अन्तराष्ट्रिय अपराध भएको बताए । ‘सामान्य श्रमित आफ्नो रोजिरोटीका लागि काठमाडौँ आउन लागि तुइन तर्दै थिए । उनको के अपराध थियो ?’ उनले भने, ‘यसरी जिउँदो मानिसको हत्या गर्ने अपराधि हो, यसका अपराधीहरुले सजाय पाउनैँ पर्छ ।’

यस विषयमा नेपाल सरकारले अनुसन्धानलाई प्रभावकारी नबनाएकोमा आपत्ती जनाए । ‘अनुसन्धान गर्न सरकारलाई कसले रोकेको छ । भारतसँग डराएर बस्नुपर्ने कुनै हारण छैन् ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘तिमिहरुले अनुसन्धन गरेर भारतीय एसएसवीलाई कारवाही गर्न सक्दैनौँ भने हामी कारवाही गछौँ । जनताले कारवाही गर्छ ।’

त्यस्तै एक अर्को प्रसंगमा नेता विषमले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको संसदबाट पास गरे सांसदको औला काटिदिने चेतावनी दिएका छन् । एमसीसीमार्फत अमेरिकी सेना नेपाल आउन लागेको भन्दै यसलाई जसरी पनि रोक्न पर्ने उनको भनाई थियो ।

‘हाम्रो पूर्खाहरुको सम्पतीमाथि अमेरिकाले आँखा लगाएको छ ।’ सभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल जल, जमिन र जंगलमाथि हैकम जमाउन अमेरिकी सेना नेपाल आउन लागेको हो । यसलाई जसरी पनि रोक्न पर्छ ।’

विप्लव नेतृत्वको नेकपाले जयसिंह धामी हत्याको विषयमा आज देशभर पर्दशन गरिरहेको छ । त्यही शिलसिलामा काठमाडौँमा भएको. सभालाई विषमले सम्बोधन गरेका थिए । सुन्धाराबाट सुरु भएको ¥याली सान्तिबाटिकामा गएर कोषसभामा परिणत भएको थियो ।