देउवाका ज्योतिष रिसाएर आगो, हजारौं बर्ष अघि लेखिएका शास्त्रमा शंका गर्ने ?

सोमबार, १८ साउन २०७८

काठमाडौँ – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई बेलाबेलामा ज्योतिषीय परामर्श दिदै आएको ज्योतिषले प्रधानमन्त्री बनाइदिएको भन्दै केही नागरिक समाजका अनुवाले टिप्पणी गरेपछि उनी रिसाएर आगो भएका हुन् ।

जोतिषले प्रधानमन्त्री बनाइदिएको भन्दै हल्ला चलेपछि देउवाका ज्योतिष सुरेश चन्द्र रिजालले मुख खोलेका हुन् ।रिजालले शास्त्रले देउवालाई प्रधानमन्त्री हुने भनी बताएको र हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न चेतावनी दिएका छन् ।

नागरिक अभियन्ता तथा पत्रकार नारायण वाग्लेले आइतबार बालुवाटारमा भएको प्रधानमन्त्रीसँगको भेटमा ज्योतिषले बनाइदिएको प्रधानमन्त्री भन्दै अभिव्यक्ति दिएका थिए । उनले यही अभिव्यक्तिलाई लिएर ज्योतिष रिजालले असन्तुष्टि जनाएका हुन् ।

‘नागरिक अगुवाका रुपमा चिनिएका नारायण वाग्लेज्यूले आईतवार बालुवाटार पुगेर ज्योतिषीलाई सफल देखाउन नेताहरु लागि परेका छन् भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छुु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हजारौं बर्ष अघि लेखिएका शास्त्रमा रहेर राजनीति नगर्न सम्पूर्ण नागरिक अभियान्ता हरुलाई आग्रह गर्न चाहन्छु । ‘

उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री ज्योतिषीले बनाइदिएको नभइ ज्योतिष एउटा शक्तिशाली शास्त्र भएको जिकिर गरेका छन् । त्यहीँ शास्त्रको माध्यमबाट विभिन्न समयमा बन्ने राज योग ज्योतिष विद्यामार्फत हेरिने उनको भनाइ छ ।

राजनीति स्वार्थपूर्तिका लागि धार्मिक, सामाजिक रुपमा आँच आउने कुनै पनि कार्य गर्न र नगराउन उनको अनुरोध छ ।