प्रधानमन्त्री देउवा पुत्र जयविर सिंहलाई माफिया गिरोहले ठग्यो, राज्यमन्त्री श्रेष्ठसँग बोलचाल बन्द
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविर सिंह देउवालाई माफिया गिरोहले नमाज्जाले ठगेको छ । भर्खरैराजनीतिमा सक्रिय हुन थालेका सिंहलाई गिरोहने नमज्जाले ठगेको हो ।
प्रधानमन्त्री देउवाका सहयोगीका रुपमा उनले काम सुरु गरेका उनले कांग्रेसका अरु नेताहरुसँग पनि दनेस्ती बढाउन थालेका छन् । त्यही सिलसिलामा सुरुमै एक खराब व्यक्तिको संगतका कारण उनी विवादमा तानिएका छन् ।
भारतमा पछिल्लो समय एक सामान्य व्यक्ति निकै चर्चामा छन् । उनको नाम हो प्रशान्त किशोर । जसले मोदीलाई प्रधानमन्त्री बनाउदेखि हालै ममता बजर्नीलाई पश्चिम बंगालमा चुनाव जिताउन पर्दा पछाडिबाट भूमिका खेलेका थिए ।
उनलाई राजनीतिको रणनीतिकारका रुपमा लिइन्छ । जसले राजनीतिक गर्नेहरुलाई कसरी चुनावमा सफल बनाउने भन्ने रणनीति सुक्ष्मरुपमा बनाएर लागू गराउँछन् । त्यसमा सफल भएका कारण भारतमा उनको ठूलो प्रशंसा छ ।
उनै प्रशान्तको बारेमा नेपालमा पनि चर्चा सुरु भइसकेको छन् । उनका सहयोगीहरु नेपाल आएर नेताहरुसँग छलफल गर्न थालिसकेका छन् । अबको एक वर्षभित्रै नेपालमा पनि स्थानीय चुनाव गर्नुपर्ने भएकाले यस्ता रणनीतिकारहरुको दौडधुप बढेको छ ।
यसै क्रममा एक युवकले आफु प्रशान्त किशोरको टिमको व्यक्ति भएको भन्दै प्रम पुत्र जयविरलाई समेत झुक्याएको खुलेको छ । विगतमा नेपालमा समेत बसेका संयोग संजोग दत्ता नामक युवकले यसरी जयवीरलाई झुक्याएका हुन् ।
जयसिंहले दत्तालाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठसँग पनि भेट गराएर आगामी चुनावमा उनलाई प्रयोग गर्नेबारे छलफल गराएका थिए । पछि प्रशान्त किशोरका वास्तविक व्यक्ति मन्त्री श्रेष्ठसम्म पुगेपछि त्यसबारे रहस्य खुलेको हो । त्यसपछि प्रम पुत्र देउवा दत्तासँग झस्किएको बालुवाटार स्रोत बताउँछ ।
यही विषयलाई मन्त्री श्रेष्ट र सिंहको बोलचाल बन्ध भएको बालुवाटार श्रोतको भनाई छ । जयविर पछिल्लो समय व्यापारमा समेत गोप्य रुपमा लागेको स्रोत बताउँछ । मामा भूषण राणा तथा उमेश श्रेष्ठसँगै मिलेर उनले व्यापारमा समेत लगानी गर्न थालेको बालुवाटार स्रोतले बताएको छ ।