भारतलाई रिझाउन रामचन्द्र पौडेलले यस्तीसम्म गरेका रहेछन्

बुधबार, २० साउन २०७८

काठमाडौँ – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई हिन्दुराष्ट बनाउन लभिङ गरेको पाइएको छ । कांग्रेसको १४ महाधिवेशनको तयारीमा जुटेका पौडेलले आफू हिन्दु राष्ट्र, संसदीय प्रजातन्त्र र गैरजातिवादको पक्षमा रहेको बताउने गरेका छन् ।

महाधिवेशनको निकटतासँगै नेपाली काँग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि) हरुलाई प्रभावित पार्न उनले यस्तो कुरा गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ ।

काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ । उक्त मत आफूतिर आकर्षित गर्ने प्रयासमा पौडेल लागि परेका छन् । त्यसका लागि उनलाई भारतीय संस्थापन पक्षका नेताहरुलाई समेत फकाउन थालिसकेका छन् ।

बन्द कोठहरुमा काँग्रेसका नेताहरु आफू हिन्दुधर्वालम्बी भएको बचाएर मुल कुरा छल्न खोज्दैछन् । काँग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा विरोधी नेताहरुमा पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर हिन्दुवादी भएपनि धर्मनिरपेक्षताको वकालत गर्ने नेताका रुपमा चिनिन्थे । तर अहिले उनी सभापति जित्नका लागि आफ्नो नैतिकता विर्सिदैछन् ।

तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखि नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् । उनीहरुको यो कदमपछि राजावादीहरु उत्साहित बनेको बताईन्छ ।