कस्तो छ झलनाथ खनालको स्वास्थ्य अवस्था ?
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल उपचारका लागि भारत गएको एक महिनाभन्दा धेरै भइसकेको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको स्वास्थ्यमा जटिलता देखिएकाले उनको उपचारमा डिलाइ भएको हो ।
बरिष्ठ नेता नेपालको मिर्गौला प्रत्यारोपण गरिएको छ । प्रत्यारोपण सफल भएको बारिवारिक श्रोतले जनाएको छ । बुधबार दिउँसो खनालको प्रत्यारोपण सफल भएको पारिवारिक स्रोतले जनाएको छ ।
खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए । खनालको दुवै मिर्गौलामा समस्या थियो । नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेपछि उनको निकै आलोचना भएको थियो । देउवा सरकारले पनि पुःन उपचार खर्च दिने निर्णय गरेको थियो ,
उनलाई पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि दिल्लीस्थित एपोलो अस्पताल भर्ना गरिएको थियो । खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको उनको सचिवालयले जनाएको छ ।
पछि दुबै मृगौलाले समेत काम गर्न छोडेका थिए । स्वास्थ्यमा सुधार आएपछि मृगौला प्रत्यारोपण गरिएको हो । उपचार खर्च सरकारले व्यहोर्ने निर्णय भएपछि धेरै आलोचना भएको थियो । आलोचना पश्चाल उनको सम्पूर्ण उपचार खर्च नेकपा एमालेले ब्यहोर्ने निर्णय गरेको थियो ।