९८ इन्सपेक्टरको पदस्थापन, को कहाँ ? (सूचीसहित)
काठमाडौँ – नेपाल प्रहरीमा प्रहरी नायव निरीक्षक (सई) बाट बढुवा भएका ९८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको पदस्थापना भएको छ ।
गृह मन्त्रालयको निर्णय अनुसार उनीहरुलाई देशभरका प्रहरी इकाइहरुमा पदस्थापन गरिएको हो । प्रहरी प्रधान कार्यालयले बुधवार सूचना प्रकाशित गदै पदस्थापनबारे जानकारी दिएको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय बर्दियाले अन्दाजी मुल्य रू ८१,४८० बराबरको समान बरामद गरेको छ । अबैध रुपमा भन्सार छली ल्याउँदै गरेको सामाग्री प्रहरीले बरामद गरेको हो । किराना, सुर्तिजन्य तथा बिद्युतीय सामाग्रीहरु ल्याईरहेको अवस्थामा प्रहरी चौकी कालिकाबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो ।
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ७ पुरानो कण्ठपुर स्थित ३ जना महिलाहरुले ३ वटा साईकलमा ल्याउँदै बरमद भएको हो । प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ भने १ जना भाग्न सफल भएकी छन् ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका वडा नं ६ बस्ने शारदा थारु र दिपा थारु रहेका छन् । उनीहरुसहित साईकल र सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया बर्दियामा पठाएको प्रहरीले जनाएको छ । सूची हेर्नु यहाँ क्लिक गर्नुहोस्