२४ घण्टाभित्र माग पुरा गर्न अखित क्रान्तिकारीको चेतावनी

बिहिबार, २१ साउन २०७८

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले हिलसाइड कलेजलाई २४ घण्टाभित्र आफ्ना मागहरुको संबोधन गर्न चेतावनी दिएको छ । अखिल क्रान्तिकारी पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समितिले आफ्ना मागहरुको २४ घण्टाभित्र सम्बोधन गर्न चेतावनी दिएको हो ।

विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले बालकुमारीमा रहेको हिलसाइट कलेजले विद्यार्थीमाथि ज्यादती गरेको भन्दै विगत लामो समयदेखि आन्दोलित छ । बिहीबार पत्रकार सम्मेलन गर्दै अखिल क्रान्तिकारीले विद्यार्थीमाथिको ज्यालती अन्त्य गर्न आग्रह गरेको छ ।

शिक्षामा गरिएको निजीकरण व्यापारीकरण र माफियाकरणको परिणामस्वरूप पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन प्राप्त काठमाडौंको बालकुमारीमा सञ्चालित हिलसाइट कलेज अफ इन्जिनियरिङले विश्वविद्यालयको कलेज सन्चालनका निर्देशिकासमेत लत्याएर अध्ययन शुल्क समयमा तिर्न नसकेको कारण विद्यार्थीलाई गुन्डागर्दी शैलीमा धम्की डाकी गत साबरमको प्रगति बेहजत गर्ने र परीक्षाबाट समेत बञ्चित गराउने गरेको, पर्वाञ्चल विश्वविद्यालयले लिने प्रवेशिका परिक्षा अगावै विद्यार्थीबाट लाखौं रकम लिएर भर्ना गरेको, नियमविपरीत परीक्षा फर्म लिई ठगेको, प्रवेश पत्र दिन ढिलासुस्ती, गरेको अखिल क्रान्तिकारीले जनाएको छ ।

विद्यार्थीको गुनासो आएपछि अखिल (क्रान्तिकारी)ले गएको चैत्रमा ४ बुदे माग पत्र बुझाई समस्या समाधानका लागि अनुरोध गरेको थियो । प्रशासनले उक्त मागहरु बेवास्ता गरेको भन्दै साउन १९ गतेदेखि कलेलमा ताला लगाएको पूर्वाञ्चल विश्वविद्यालय उपत्यका जिल्ला समिति संयोजक दिनेश जोशीले बताए ।

‘आन्दोलन स्वरुप गरिएको तालाबन्दी कलेज प्रशासनले आफ्नो गुण्डागर्दी बोलीलाई निरन्तरता दिदै छलफलका लागि गएका हाम्रो संगठनका जिम्मेवार साथीहरुलाई असभ्य, अभद्र व्यवहार गरी आफूखुसी तालाबन्दी खोलेको विषयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ।’ संगठनले विज्ञप्तिमार्फत भनेको छ, ‘कलेज प्रशासनको उक्त अमर्यादित बाय र गन्दागर्दीको घोर भत्सना गर्दै २४ घण्टाभित्र विद्यार्थीका माग पूरा गर्न, छलफलमा आउन चेतावनी दिन चाहन्छौं ।’