काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछापका एक युवक पक्राउ

बुधबार, २८ कार्तिक २०७५

कार्तिक २८, काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी गर्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका २९ वर्षीय सुदिप तामाङ भन्ने गंगाबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न स्थानहरुमा सटरको ताला फुटाई चोरी भएका घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई सोमबार काठमाडौं महानगरपालिका-२५ मछिन्द्र बहालबाट फेला पारी पक्राउ गरेको सोही परिसरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।