यस्तो अवस्थामा भेटिइन् पूर्वराष्ट्रपति बाराक ओबामाकी कान्छी छोरी

बिहिबार, २१ साउन २०७८

न्यूयोर्क – अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाकी कान्छि छोरी हुन् सासा ओवामा । हामी सबैलाई लाग्नसक्छ उनी कुनै विलासी जीवन विताइरहेकी होलीन् ।

राष्ट्रको उच्च ओहोदामा रहेकाको परिवारको जीवन सुखी र भव्य हुन्छ । तर, त्यस्तो होइन । हाम्रो सोचभन्दा धेरै फरक उनी सर्वासाधारण जनताले गर्ने काम गर्छिन् ।

अमेरिकी राजनीतिको एक शक्तिशाली जोडी ओबामा दम्पत्ति उत्तिकै केयरिङ अभिभावक पनि हुन् । यसकारण मिसेल र बाराकले आफ्ना छोरीहरुलाई गर्ने व्यवहारलाई पनि निकै चासोका साथ हेर्ने गरिन्छ ।

बाराककी कान्छी छोरी १५ वर्षिया सासा अहिले एक अमेरिकी रेष्टुरेन्टमा काम गर्छिन् । स्कुलबाट समर बिदा भएपछि उनी खर्च जुटाउन काममा लागेकी हुन् । उनी अहिले म्यासाचुसेट्स राज्यको एक रेष्टुरेन्टमा क्यासिअरको काम गर्दैछिन् ।

स्थानीय मार्था भिनेयार्ड रेष्टुरेन्टमा सासा ग्राहकको अर्डर लिन्छिन्, क्यासलाई रजिस्टर गर्छिन् र लन्चका लागि अन्य स्टाफलाई सघाउँछिन् । रेष्टुरेन्टमा उनले काम गर्दै गरेका तस्विरहरु अहिले सामाजिक संजालमा भाइरल भैरहेका छन् ।

त्यहाँको एक चर्चित अखबार बोस्टन हेराल्डका अनुसार अमेरिकी खुफिया एजेन्सीका ६ जना सुरक्षाकर्मीहरु सासाले काम गर्ने रेष्टुरेन्टबाहिर उनको काम समाप्तीको पर्खाइमा हुन्छन् । सासाले अहिले चारघण्टा काम गर्ने गरेकी छिन् ।