कोरोना सम्बन्धी नयाँ तथ्यको खुलासा, तेश्रो लहरबारे भ्रम !

बिहिबार, २१ साउन २०७८

काठमाडौं – कोरोना भाइरस (कोभिड १९)बारे नयाँ तथ्य सार्वजनिक भएको छ । विश्वभरी कोरोनाको तेश्रो तहर फैलिएको भनेर चर्चा चलिरहेका बेलामा नेपालमा तेश्रो तहर नआएको तथ्य सार्वजनिक भएको हो ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले तत्काल कोभिड–१९ को तेस्रो लहर आउने सम्भावना पनि नरहेको बताए । पुनले तेस्रो लहरको लागि वातावरण बने पनि तत्काल आउने सम्भावना नरहेको उनको भनाई छ ।

धेरै मानिसमा डेल्टा भेरियन्टको संक्रमण भइसकेको र तेस्रो लहर आउँदा डेल्टा र डेल्टा प्लस भेरियन्टकै संक्रमण हुने भएकाले पनि तत्काल तेस्रो लहरहेको सम्भावना नरहेको उहाँको तर्क छ ।

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिए ।

यद्यपि उनले केही समय अस्पतालमा संक्रमितको चाप भने बढ्ने आँकलन गरे । ‘धेरै मानिसले जनस्वास्थ्यको मापदण्ड पालना नगरेका कारण संक्रमणदर बढ्छ,’ उनले भने, ‘खोप नलगाएका मानिसहरूमा संक्रमण भएमा अस्पतालसम्म पुग्नसक्ने अवस्था रहन्छ ।’

साउन महिनाको तेस्रो सातासम्ममा नेपालमा कोरोनाका ६० हजार नयाँ संक्रमित थपिएका छन् । जेठ र असार महिनामा नियन्त्रणभित्र रहेको ठानिएको संक्रमण उकालो लाग्न थालेको छ ।