जनपत्रकार संगठन सुर्खेतको जिल्ला सम्मेलन सम्पन्न
सुर्खेत – जनपत्रकार संगठन नेपाल जिल्ला समिति सुर्खेतको प्रथम जिल्ला सम्मेलन सुक्रबार वीरेन्द्रनगरमा सम्पन्न गरियो। सम्मेनले ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।
समितिको अध्यक्ष सिद्धबहादुर खड्का, उपाध्यक्ष हरिलाल महतारा, सचिव मोहन धामी, कोषाध्यक्ष सरस्वती गौतम, सदस्यहरूमा सर्जनसिंह ठकुरी, रतिमान नेपाली, सम्झना पोख्रेल, भुपेन्द्र रोकाय, जित बहादुर के.सी. क. प्रभाष, राजेन्द्र विश्वकर्मा ।
जगदिशनाथ योगी, सिद्धबहादुर खड्का, हरिलाल महतारा र रगवीर विश्वकर्मालाई सम्मान गरेको उक्त सम्मेलन सिद्धबहादुर खडकाको अध्यक्षतामा सम्पन्न भयो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमख अतिथि एटम बि.सी.ले पत्रकारको काँधमा देश र समाजमा रहेका विकृति र विसंगतिका विरुद्ध संघर्ष गर्ने जिम्मेवारी आएको बताए ।
पत्रकारको काँधमा राजनितिकरुपमा प्रगतिशील संयुक्त सरकार निर्माण गर्दै त्यसको नेतृत्वमा वैज्ञानिक समाजवाद ठिक कि दलाल संसदवाद ठिक ? भन्ने बिषयमा जनमत संग्रह गराएर यो व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्दै देश र जनताको मुक्ति, सुख, शान्ति, सम्वृद्धिको ग्यारण्टी गर्नमा टेवा पु–याउने मुख्य अभिभारा आएको बताए ।
कार्यक्रमका विशेष अतिथि जनपत्रकार संगठनका केन्द्रिय सदस्य जगदिशनाथ योगी९राजकुमार०ले जनमत संग्रहको महत्व र मर्म बुझेर सफल गराउन पत्रकारले कलम चलाउनु पर्ने जरुरी रहेको धारणा व्यक्त गरे ।
सम्मेलनमा नेकपा वीरेन्द्रनगर इञ्चार्ज यामराज, सहीद परिवार समाज केन्द्रिय सदस्य ऐना धमाला, अखिल नेपाल शिक्षक संगठन सुर्खेतका अध्यक्ष हरिलाल महतारा, अखिल क्रान्तिकारी सुर्खेतका जिल्ला उपाध्यक्ष मोहन धामी, प्रलेस कर्णाली प्रदेश सदस्य पृथ्वीबहादुर सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।