आफ्नो भारलाई बुझ्नुहोस् र सफल हुनुहोस्
काठमाडौँ – जीवनमा असफल हुने लक्षण भएका व्यक्तिहरुलाई भार वा बोझ जसलाई अंग्रेजीमा ीयबम भनिन्छ , त्यो उनीहरुलाई मन पर्दैन् । यदि जीवनको कुनै पनि क्षणमा बोझ आइहाल्यो भने टाउको समाउन शुरु गर्दछन, चिन्तीत हुन्छन्, आत्तिन्छन्, अरु सबैलाई सुखी देख्छन्, दुःख आफूलाई मात्रै आएको अनुभव गर्दछन्, कतिले त भगवानलाई समेत गाली गर्न पुग्छन् ।
वास्तवमा प्रत्येक मान्छेले जीवनमा भार अर्थात बोझ बोकी नै रहेको हुन्छ। फरक यति मात्र हो कि कसैले मलाई यसो भयो, उसो भयो आदी इत्यादी भन्दै जीवनको सम्पुर्ण कुरा अर्कालाई सुनाउँछन्, गोप्य राख्न सक्दैनन्, भने कसैले सम्पुर्ण भारहरु सहन्छन्, अरुलाई सुनाउन चाहँदैनन्।
अतः जीवनमा बोझ सबैलाई आउँछ, अर्कालाई सुनाउने वा नसुनाउने मात्र कुरा हो। भार खप्न सक्नु पनि सफल जीवनको संकेत नै हो । यसको अर्थ भार सहेर मात्र बस्ने त्यसबाट फुत्कीनै नखोज्ने भनेको भने होइन्। यो भारबाट मलाई भविश्यमा कति लाभ हुन्छ भन्ने कुरा व्यक्ति आफैले अनुमान गर्न सक्नुपर्दछ ।
जस्तै एउटा व्यक्तिले रु. ५ लाख ऋण खोज्यो र रु.५ लाख नै शेयरमा लगानी गरयो भने भारलाई कता लैजाने भन्ने कुरा उसको क्षमतामा निर्भर गर्दछ । ऋण उसको लागी भार हो किनभने शेयरबाट फाइदा बेफाइदा जे भए पनि उसले निश्चित प्रतिशत ब्याज साहलाई बुझाउनै पर्दछ।
यदि उसले देशको राजनीतिक परीस्थीत, राम्रो प्रतिफल दिन सक्ने कम्पनी छुट्याउन सक्दैन भने त्यो पाँच लाखको ऋणको ब्याज नै उसको जीवनमा महान भार हुन पुग्छ, उसलाई उठ्नै नसक्ने गरी सुताउँछ, जीवनलाई डामाडोल बनाउँछ। अतः शेयरको भारबाट उठेका भन्दा पनि सुतेका (वर्वाद भएका) व्यक्ति धेरै छन् ।
भारी बोक्दैमा जीवनमा कोही पनि सफल हुन सक्दैन् । तर त्यही व्यक्ति सजिलै सफल हुन्छ जसले यो मैले बोकिरहेको भारी अर्थात बोझले मलाई कहाँसम्म पुयाउन सक्छ भन्ने कुराको पहिला नै अनुमान गर्न सक्छ।
सहि अनुमान गर्न सक्नु सफलताको आधार हो । कसैले जग्गा किन्नु पर्यो भने यो ठाउँ ५ वर्ष पछि यतिसम्म विकसीत हुन्छ र यो जग्गामा अहिले ३ लाख लगानी गरे ५ वर्ष पछि २५ लाख कमाउन सकिन्छ भन्ने तुरुन्तै अनुमान गर्छ र त्यस्तै हुन जान्छ। तर अर्को कसैको अनुमान ठिक उल्टो हुन जान्छ, आफुले किनेको भन्दा झन मूल्य घट्दै गएर घर जग्गाबाट पछारिएका व्यक्तिहरु पनि नभएका होइनन्, अतः भारलाई कहाँ वा कसरी लैजाने भन्ने कुराको स्पष्ट धारणा हुनु पर्दछ।
एक पटक २ जना व्यक्तिले ५–५ मिटर लामो फल्याक बोकेर गन्तब्यतीर गैरहेका थिए। अगाडी खोलो छ भन्ने कुरा दुवै जनालाइ थाहा थियो। ती फल्याकहरु गहुगां थिए। धेरै टाढा देखी उनीहरुले बडो दुःखका साथ बिसाउँदै बिसाउँदै ल्याएका थिए। बाटो केही जंगल र सुनसान थियो । ती मध्ये एक जना अति नै थाक्यो र अर्को भन्दा धेरै पछाडी भयो ।
अघि जाने व्यक्तिले धेरै लामो दुरी पार गरी सक्यो । ऊ फल्याकको सहायता लिदै खोलो पनि पार गर्यो र पाखाको बाटो हुदै घर पुग्यो। उता पछाडी पर्ने साथीले बुद्धि लगायो, उसले के गर्यो भने फल्याक गहुंगो भएको हुदा बिचबाट काट्यो र आधामात्र फल्याक बोकेर हिड्यो । फल्याक छोटो भए पछि त हलुङ्गो हुने नै भयो । जाँदा–जाँदै ऊ पनि खोलाको नजिकै पुग्यो।
खोला तिव्र गतिले आएको थियो । ऊ बिचा पर्यो। फल्याकलाइ खोलाको साँघुरो भागमा पुल बनाउने बिचार गर्यो । फल्याक छोटो भएको हुनाले थोरै लम्बाइ पुगेन । ऊ आत्तियो। जंगलको बीच, त्यसमा पनि रात परीसक्यो। गुहार पुकार गर्यो। कसैले सुनेन। दिउसो आवश्यक भन्दा बढि आराम गरेको र बुद्धि प्रयोग गरी फल्याक काटेर हलुङ्गो बनाएकोमा बडो पश्चाताप गर्दै रुन कराउन शुरु गर्यो ।
तर खोलाको छाँगाको आवाजले गर्दा उसको रुवाइ तथा कराइ कसैले सुन्न सकेन् । सत प्रतिशत उसलाई अब म यही नै मर्छ होला जस्तो लाग्यो । घर परिवार, श्रीमती छोरा–छोरी सम्झन शुरु गर्यो । ऊ भुँइमा बस्न डरायो । एउटा अग्लो रुखमा रात बितायो।
अतः मित्र कुनै बेला अप्ठ्यारो पर्दछ भने त्यसलाई सहन पनि सक्नु पर्दछ । शुरुमा नै समस्या सँग आत्तिएर छिटो समाधान गर्न खोज्दा समस्या समाधान नभएर झन बढ्दछ । त्यो मान्छेले केही भार कम गर्न बुद्धिको प्रयोग गर्यो । तर त्यसले उसलाई झन समस्यामा पार्यो ।
केही समय पहिला बजारमा ग्यासको एकदमै अभाव भएको थियो। ग्यासको अभाव भएको बेला धूर्त तथा मूर्ख व्यापारीहरु कालो बजारी तर्फ आकर्षित हुने हुँदा सिधा–साधालाई गोदाममा टन्नै ग्यास हुँदा हुँदै पनि दिदैनन् । केही दिन पछि २०–२५ वटा भरेका सिलिन्डर एउटा पसलेले झार्यो। बाटोमा टन्नै सिलिन्डर देखेपछि ५–७ जना अन्य युवाहरु उत्साहका साथ ग्यास लिन आए।
ती व्यक्तिहरुले साहलाई फकाउँदै सिलिन्डर बोकेर गोदाममा पुर्याइदिन शुरु गरे । सबै सिलिन्डर गोदाममा ग्यास लिन आउनेहरुले नै लगीदिए। उनीहरुलाई लागेको थियो, मलाई साहुले निश्चित ग्यास दिन्छ किनभने मैले त उसको काम गरी दिएको छु । तर वास्तविकता उल्टो भयो। साहुले भन्यो, ‘अर्को पटक ग्यास आउँदा तपार्इँहरुले पाउनु हुन्छ।
यी २५ वटा सिलिन्डरको मैले अघिल्लो हप्ता नै पेश्की स्वरुप पैसा लिइसकेको छु । त्यसैले तपार्इँहरुलाई दिन मिल्दैन भन्यो। कसैले पाँइटमा लागेको माटो टकटकाउदै थिए भने कसैले हातको मैला धुदै थिए। तिनीहरुले निश्वार्थ सहयोग गरे तर साहुले उनीहरुलाई आँखा अगाडी नै प्रत्यक्ष रुपमा धोका दियो।
मित्र । बद्धि हुनेहरुले यी कुराहरु सजिलै बुझ्न सक्छन् । बुझ्ने मात्रै हैन अनावश्यक भारबाट उम्कन पनि सक्छ। तर ती सीधा युवाहरु जसले अनावश्यक भार बोके (सिलिन्डर) गोदाममा लैजान सहयोग गरे तर पनि ठगीए। साहले पेश्की बुझेको थिएन कालो बजारी गर्नको लागी ढाँटेको थियो। अतः बुद्धिले काम गर्न सकिएन भने आफ्नो भार त छ तर त्यसमा मान्छेले अर्काको भार पनि बोकेर अझै दुःख पाइरहेको हुन्छ।