एमालेमा बादललाई अर्को चिठ्ठा, केन्द्रीय समितिले दियो नयाँ जिम्मेवारी

सोमबार, २५ साउन २०७८

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय समिति बैठकले पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई दिएको जिम्मेवारी अनुमोदन गरेको छ । आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनका लागि उनलाई दिएको जिम्मेवारी अनुमोदन भएको हो ।

भदौ २७ र २८ गते विधान महाधिवेशन गर्दैछ । एमालेले अध्यक्ष ओलीले यसअघि उक्त अधिवेशनका लागि बादललाई व्यवस्थापन समितिको जिम्मा दिएको थियो । उक्त जिम्मेवारी अनुमोदन भएको छ ।

उनको मुख्य जिम्मा चन्दा उठाएर अधिबेशनको खर्च व्यवस्थापन गर्ने छ । उक्त समितिमा मणी थापा, शेरबहादुर तामाङ, सुजिता शाक्य, विनोद श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, पासाङ शेर्पा रहेका छन् ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले योसहित चार ओटा मस्यौदा समिति गठन गरेको हो । उक्त बैठकमा महासचिव ईश्वर पोखरेलले विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समिति सदस्यहरुको नाम पेस गरेका थिए ।

यी समितिहरुले तयार पारेको मस्यौदालाई स्थायी कमिटी र केन्द्रीय कमिटीले पारित गरेपछि विधान महाधिवेशनमा पेस गरिनेछ । राजनीतिक प्रतिवेदन मस्यौदा समितिको संयोजकमा अध्यक्ष केपी शर्मा ओली स्वयम छन् ।

सदस्यहरुमा वामदेव गौतम, रामबहादुर थापा ‘बादल’, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, विन्दा पाण्डे आदी छन् । संगठनात्मक प्रतिवेदन मस्यौदा समितिको संयोजकको जिम्मेवारी महासचिव ईश्वर पोखरेललाई दिइएको छ ।

यो समितिमा विष्णु पौडेल, टोपबहादुर रायमाझी, शंकर पोखरेल, किरण गुरुङ, पद्मा अर्याल । यता विधान संशोधन मस्यौदा समितिको संयोजकको जिम्मेवारी उपमहासचिव विष्णु पौडेल तोकिएको छ । यो समितिमा सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, रघुवीर महासेठ, राधा ज्ञवाली, भानुभक्त ढकाल, प्रभु साह ।