सफल हुनुछ भने यी पाँच काम कहिल्यै नगर्नुहोस्

मंगलबार, २६ साउन २०७८

काठमाडौँ – आज हामीले सफल व्यक्तिका पाँच लक्षणहरूलाई चर्चा गर्दैछौँ । यदि ती ५ वटा लक्षणहरूको विकास कसैले गर्न सक्छ भने ऊ पनि जीवनमा अझै बढी सफल र खुसी हुने कुरा निश्चित छ।

मान्छेले भन्ने गर्छ फलानो व्यक्ति सफल भयो, पैसा कमायो, राम्री श्रीमती वा श्रीमान पायो, गाडी किन्यो, घर बनायो , जग्गा किन्यो आदि इत्यादि अर्काको चर्चा गरेर बहुमूल्य समयको वर्वाद गर्दछन् । अझै मान्छेको स्वभाव यति वर्वाद हुन्छ की आफ्नो छिमेकी आफूभन्दा धनी भयो भने उसलाई रात दिन निद्रा लाग्दैन । छिमेकीलाई धनी भएको देख्न सक्दैन ।

एक पटक निस्वार्थ भावनाले गाउँको गरीब किसानलाई बरदान दिइएको थियो। उसलाई यसो भनियो, ‘तपाईको गरीबी देखेर म (राजा) दुःखी छु । यहाँ म तपाईले के चाहनुहुन्छ म त्यो दिन आएको हुँ ल माग्नुस् । तर एउटा यस्तो सर्त छ तपाइले घर, सम्पत्ति जुन कुरा माग्नुहुन्छ त्यही पाउनु हुन्छ तर सर्त लागु हुनेछ। विज्ञापनको जस्तो शर्त त यो होइन, अलिकति अर्कै थियो।

शर्तमा राजाले भने, ‘तपाइले मसँग जुन चीज माग्नु हुन्छ त्यसको ठीक दोब्बर तपाईको छिमेकीले पाउँछ। त्यो गरीब किसानले कुरा बुझेन। राजाले अझै स्पष्टसँग भने, यदि तिमीले मसँग रु. १००० माग्यौ भने मैले तिम्रो छिमेकीको व्यक्तिलाई रु २००० तिमीले माग गरेको ठीक डबल दिन्छु, हुन्छ ? त्यस किसानले राजाको कुरा स्वीकार गयो र तुरुन्तै माग्न शुरु गोर्यो ।

प्रिय राजा, मेरो त घरै छैन मलाई एक सुन्दर घर दिनुहोस् । राजाले तुरुन्तै उसलाई बनिबनाउ सुन्दर घर दियो । किसान खुशी भएर घरको प्रत्येक कोठामा गयो । बहुत खुशी भयो । झ्यालबाट पल्लो छिमेकी साथीलाई हेर्दा त उसका २ वटा सुन्दर घर देख्यो।

फेरी राजालाई भन्यो, हे राजन यति राम्रो घरमा गाडी पनि त चाहियोनी राजाले तुरुन्तै सुन्दर गाडी ल्याइदियो । किसानलाई दुःख लाग्यो पल्लो छिमेकीको घरमा हेर्दा त २ वटा सुन्दर गाडी देख्यो। आफूलाई बल्लतल्ल नियन्त्रण गर्दै राजासँग भन्यो, हे राजन, मेरो यति सुन्दर घर छ, गाडी छ अब मलाई एक सुन्दर पत्नी भैदिए यो घरको महत्व अझै बढ्ने थियो । त्यसपछि राजाले तुरुन्तै अति सुन्दरी युवती श्रमितीको रुपमा व्यवस्था गरिदिए।

ती सुन्दरी श्रीमतीसँग जिस्किएर बस्दै गर्दा पल्लो घरको व्यक्ति (छिमेकी)२ जना सुन्दरीसँग जिस्किरहेको देख्यो। त्यसपछि त्यो गरीब किसानको रीसको सिमानै रहेन । छिमेकी २ वटा सुन्दरी, २ वटा घर, २ वटा गाडीसँग आनन्दमा बसेको उसले खप्नै सकेन, देख्नै सकेन, सहनै सकेन, निद्रा नै लागेन, र तुरुन्तै राजा समक्ष भन्यो, हे राजन हजुरले मलाई सबै दिनु भयो । अब अन्तिम कुरा मेरो एउटा आँखा फुटाइदिनुहोस् । राजाले पनि एउटा आँखा फुटाइदिए। त्यसपछि तुरुन्तै उसले छिमेकीलाई के भयो भनेर हेयो। छिमेकीको २ वटै आँखा फुटेको दुःखी अवस्थामा देख्यो र खुशीले नाच्यो।

अतः मित्र केही मान्छेको स्वभाव यति दुस्ट हुन्छ कि आफुले एउटै आँखाले हेरेर भए पनि अर्काको दुइवटै आँखा फुटेको देख्न चाहन्छ । यस्ता तुच्छ विचारका व्यक्तिले सम्पत्ति कमाए पनि उनीहरूको जीवन कहिल्यै पनि सुखी र खुशी हन सक्दैन किनभने उनीहरूलाई अर्काको सम्पत्ति कति छ र कति कमायो भन्ने कुराले मात्रै पीडा दिइरहेको हुन्छ । आफ्नो भन्दा अर्काको खेती राम्रो देख्यो भने उसको खेतीमा रातीमा उसकै गोठको गाई फुकाएर खेती नष्ट गरी दिने व्यक्ति पनि हुन्छन् । मित्र । अब उसको खेती नष्ट भयो, त्यो पनि आफ्नै गाईले खायो अब कोसँग रिसाउने ? यस्ता दुष्टहरूको जीवन कसरी सुखी हुन सक्दछ ? अतः सम्पत्तिले मान्छेलाई सुख त दिनै सक्दैन फेरी सम्पत्ति नभई पनि हुँदैन।

त्यसैले वास्तविक सफल व्यक्ति त्यही हो जसलाई थी ५ वटा लक्षणहरूको आधारमा पर्दछ की पर्दैन हेरेर पत्ता लगाउन सकिन्छ। यदि मान्छेसँग यी ५ लक्षणहरू अलिकति पनि छैन भने ऊ जीवनमा जतिसुकै पैसा कमाओस दरिद्र र दुःखी नै हुन्छ। यदि छ भने पैसा नभएको व्यक्ति पनि आनन्दित, सुखी र सफल हुने कुरा निश्चित छ । व्यक्तिलाई सुखी र दुःखी, सफल र असफल बनाउने पहिलो कुरा हो उसैको आँखा ।

आँखाले सबै व्यक्ति सुखी होस् भनेर अर्काको पनि अवस्था सुध्रिएको देख्न पाइयोस् भन्ने भावना राख्नुपर्छ । जब मान्छेले अर्काको सुध्रिएको अवस्था देख्न चाहन्छ त्यो भन्दा पहिला उसको अवस्था नै सुध्रिएको हुन्छ। किनभने अर्कोलाई राम्रो देख्न चाहना हुन्छ भने त्यो रामो सर्वप्रथम आफैमा देख्न पाइन्छ।

त्यस्तै जब अर्काको दरीद्र, दुःखी र दयनिय स्थिति भएको देख्न कसैले चाहन्छ भने सर्वप्रथम यो कुरा उसैको जीवनमा शुरु हुन्छ। ऊ आफै दरीद्र हुन्छ, दुःखी हुन्छ । किनभने मान्छेको अवचेतन मस्तिष्कको मुख्य काम भनेको राम्रो सोनेलाई राम्रो बाटो तर्फ र नराम्रो सोच्नेलाइ नरानै बाटोतर्फ लैजाने भूमिका खेलेको हुन्छ। त्यसकारण मान्छेले अरु प्रति नराम्रो देख्ने भावना राख्दछ भने आँखाकै कारणले उसलाई विनासको बाटोतर्फ लैजान्छ।

उदाहरणको लागि पुतली। पुतलीको पनि २ वटा आँखा हुन्छन् । ऊ आफुसँग भएको आँखासँग वा आहारमा सन्तुष्ट हुँदैन । फलस्वरुप उसले धेरै उज्यालो लिने चाहना गर्दै बलिरहेको वत्ति तथा आगोतर्फ जान्छ र विनाश हुन्छ। त्यस्तै मान्छे पनि आँखैको कारणले गर्दा सुन्दर स्त्री प्रति आकर्षित हुन्छ ऊ दिन रात ती स्त्रीहरूको वा परुषहरूको भोग गर्ने चिन्तै(चिन्ताले पीडित हुन्छ र एक दिन मर्छ। अतः आँखालाई नियन्त्रण गर्न नसक्ने मान्छेको पीडासँगै विनास निश्चित छ। अतः सफल व्यक्तिले अर्कोलाई राम्रो देख्ने चाहना राख्दै आँखाको बेगलाई सहन गर्न सक्नुपर्दछ।

दोस्रो लक्षण मान्छेको उसकै जीब्रो हो। सफल व्यक्ति कहिल्यै पनि जीब्रोको पछि हिँड्दैन बरु उसले त जीब्रोलाई आफ्नो पछाडि हिडाउँछ। यदि जीब्रोको स्वाद अनुसार मान्छे हिँड्छ भने त्यो मान्छे पनि एक दिन असफल र विनाशको बाटोतर्फ अगाडि बढेको कुरा निश्चित छ। तपाइले माछालाई हेर्न सक्नुहुन्छ। अलिकति बल्छीको टुप्पोमा राखिएको गड्यौलाको स्वादको लागि उसले आफ्नै पुरै जीवन गुमाउँदछ ।

त्यस्तै आजका अधिकांश मान्छेहरू जीब्रोको स्वादको लागि जाँड, रक्सी, माछा, मासुतर्फ आकर्षित भैरहेका छन् । अतः ती कुराहरूलाई स्वादको रुपमा स्वीकार गना जति सम्पत्ति भए पनि सुखी र खुशी हुन सक्दैनन् । दुःखी नै रहिरहन्छन्। यति हुँदा हुँदै पनि उनीहरू जीब्राको पछाडि नै दगुरी रहन्छन्। जीब्राको स्वादको लागि मासु पाक्नेहरूको । ुघरमा प्रत्येक दिन कुनै न कुनै झगडा भैरहेका हुन्छन् किनभने मासु खानेहरू बढी नै हिंस्रक हुने गर्दछन् । उनीहरूले रीसलाई पनि नियन्त्रण गर्न सक्दैनन् । सानो कुराले पनि उनीहरूमा रीस चढिहाल्छ। त्यसैले जीब्रोको पछाडि दगुर्नु पनि दुःखी हुने अर्को आधार हो।

तेस्रो हो इन्द्रिय अर्थात् छालासँगको स्पर्स। आज संसारमा जे जति मान्छे छन् यसैको स्पर्सको लागि अगाडि बढ्दा वर्वाद भैरहेका छन् । धनी तथा सफल मान्छे पनि खाडलतर्फ गैरहेका छन्। तपाइलाई थाहै छ हात्ती बलियो हुन्छ। तर यस्तो विशाल र बलियो हात्तिलाई पनि इन्ट्रियसँगको स्पर्सले गर्दा विनाश गराउँछ। एउटा बलियो हात्तीलाई नियन्त्रणमा लिनको लागि पोथी हात्तीलाई ल्याइन्छ। पोथी हात्ती नभए काठको विशाल पोथी हात्ती बनाइन्छ । त्यसपछि काठबाट निर्मित पोथी हात्तीलाई त्यो हात्ती हिँडने बाटोमा उभ्याएर राखिन्छ। त्यो पोथी हात्तीको पछाडि विशाल खाडल खनिन्छ र साना दाउरा घाँसले छोपिन्छ । जब यो मात्तिएको बलियो हात्ती काठबाट निर्मित नक्कली हात्तीलाई मैथुन गर्ने तिव्र इच्छाले अगाडि बढ्दछ। त्यसपछि इन्द्रिय अर्थात् छालासँगको स्पर्स (मैथुन) गर्नुभन्दा अगाडि नै खाडलमा पर्दछ र उसलाई नियन्त्रणमा लिइन्छ ।

इन्द्रियको वेग यत्ति खतरनाक हुन्छ की यसले सक्कली कि नक्कली भन्ने करा पनि छट्याउन लाग्दैन । ऊ इन्द्रियलाइ सन्तुष्ट गर्न तर्फ अगाडि बढी हाल्छ र जीवनलाई वर्वादतर्फ अगाडि बढाउँछ । काठ वा माटोबाट बनेका स्त्री–पुरुषका बनावटबाट पनि मान्छेले इन्द्रियको वेग रोक्न नसकेका उदाहरण धेरै छन् । नक्कली बनावटमा त मान्छे हाती के वर्वाद भैरहेको छ भने सक्कली प्रति उसको आकर्षण खतरनाक नहुने कुरै भएन। त्यसैले उसको जीवनले गति लिन सक्दैन। गति लिएकाहरू पनि खतितर्फ अगाडि बढेर जीवनलाई वर्वाद बनाएका हुन्छन्।

मैले नाम लिन त चाहन्न तर राम्रोसँग चिनेको एक जना बैंकका कार्यकारी प्रमुख जसले प्रति महिना रु. १२,००,००० कमाउँथे । एउटी युवतीसँग स्पर्स गर्न इन्द्रियलाई रोक्न नसकेकै कारणले बैंकको पद नै छोडेर केटी लिएर वेपत्ता भए । वर्षको १ करोड ४४ लाख कमाइ हुने पद इन्द्रियको वेगले गर्दा तुच्छ हुन पुग्यो । नेपल लगायत विश्वको राजनीतिमा पनि उच्च पदका नेताहरूले इन्द्रियको वेगलाई थाम्न नसकेर स्पर्सको लागि अगाडि बढ्दा आफ्नो पद तथा प्रतिष्ठा पुरै गुमाएको उदाहरणहरू अनगिन्ती छन्। अतः इन्द्रियको वेगलाई रोक्न नसक्ने व्यक्तिहरू पनि वर्वादीको वाटोमा अगाडि बढ्ने कुरा निश्चित छ।

चौथो कान र पाँचौ नाकलाई लिइएको छ। मान्छेले कान र नाकलाई पनि ठीक तरीकाले प्रयोग गर्न सकेन भने उसको विनास निश्चित छ। समुद्रमा पानी धेरै हुन्छ तर मान्छेले रुचाउँदैन, समुद्रको संगत गर्दैन किनभने त्यहाँको पानी नुनिलो हन्छ। फेरी जरुवाको पानी अति थोरै हुन्छ तर मान्छेले त्यसलाई रुचाउँछ, टाढा–टाढाबाट जरुवाको पानीसँग संगत गर्न आउँछ किनभने त्यो पानी मिठो हुन्छ ।

त्यस्तै यदि जीवनमा मान्छेसँग सम्पत्ति त छ तर उसको स्वभाव समुद्र जस्तै नुनिलो भैदियो भने मान्छेले रुचाउँदैन । टाढा जान्छ, तर जरुवा जस्तै मिठो बोली वचन र इन्द्रियसँग नियन्त्रित भैदियो भने युवा, युवती सबैले तपाईको नियतलाई मन पराउने छन् । अतः सफल हुन चाहने प्रत्येक व्यक्ति जरुवाको पानी हुनुपर्दछ समुद्र होइन ।