एमाले अध्यक्ष ओलीलाई झट्का, देउवा सरकारले गर्यो करोडौँ सम्पती जफत

बुधबार, २७ साउन २०७८

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झट्का लागेको छ । उनको जन्मथलो तेह्रथुममा रहेको ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारले जफत गरेपछि उनलाई झट्का लागेको हो ।

तेह्रथुममा ओलीको नाममा स्थापित ट्रस्टको नाममा रहेको जग्गा जफत गरेको हो । सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राखेको पाइएपछि सरकारको नाममा ल्याउने निर्णय गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका अनुसार २०७८ असार २१ को निर्णयबाट ६९ रोपनी १० आना १ पैसा जग्गा सरकारको स्वामित्वमा ल्याइएको हो। ओलीले १ सय ४३ रोपनी १४ आना जग्गा ट्रस्टको नाममा किनेका थिए ।

नेपालको कानुनले पहाडमा ७५ रोपनीभन्दा बढी जग्गा एकै व्यक्ति वा संस्थाको स्वामित्वमा राख्न पाइइदैन । यस्तो अवस्थामा ओलीको नाममा रहेको ट्रस्टले कानुन मिचेर १ सय ४३ रोपनी १४ आना एक पैसा जग्गा खरिद गरेको थियो।

तेह्रथुममै कार्यालय रहेको यो ट्रस्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य छिन्। ओली प्रधानमन्त्री भएकै समयमा उक्त जग्गा किनिएको थियो। सरकारले हदबन्दीभन्दा बढी भएको ६१ रोपनी जग्गा जफत गरेपछि ओलीको नाममा खोलिएको ट्रस्टमा ७४ रोपनी जग्गा रहेको छ।

हदबन्दी भन्दा धेरै जग्गा राखेको भन्दै ओलीको आलोचना भइरहेका बेला सरकारले जफत गरेको हो। सरकारको यो निर्णयले चौतफी प्रसंसा भइरहेको छ ।