रेलवे विद्येक पास भएकै दिन महाप्रबन्धक भट्टराईले दिए राजीनामा
काठमाडौं – राष्ट्रियसभाबाट रेलवे विद्येक पास भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले पेश गरेको विद्येकलाई बुधबारको बैठकले पास गरेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयको समेत जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विद्येक पेश गरेका थिए । मन्त्री कार्कीले संसदमा उठेका प्रश्नहरुको जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले विद्येक पास भएको घोषणा गरेका थिए ।
विद्येक पास भएकै दिन रेलवे कम्पनीका महाप्रबन्धकले राजीनामा दिएका छन् । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका हुन् ।
उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै त्यसको जवाफ नदिई राजीनामा दिएका हुन् ।
अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै उनले यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिने घोषणा गरेका हुन् ।