आरजुले ‘नो’ भनेपछि देउवा र आरजुको बोलचाल बन्द, फकाउँदै भानु
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजुका विभिन्न गसिवहरु बेलाबेलामा आइरहन्छन् । प्रधानमन्त्री बनिसकेपछि बालुवाटारबाट अर्को एउटा गसिव सार्वजनिक भएको छ ।
प्रधानमन्त्रीकोको जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । अहिले सबैले यही कुरामा प्रधानमन्त्री देउवाको आलोचना गरिरहेका छन् ।
देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको मात्र होइन सचिवालयमा कसैलाई पनि नियुक्त गर्न सकेका छैनन् । नियुक्तीको विषयमा देउवा दम्पतीको गसिव सार्वजनिक भएको हो ।
स्वकीय सचिवमा देउवाका सहयोगी भानु देउवालाई नियुक्त गर्ने उनको चाहानामा पत्नी आरजु बाधक बनेकी छन् । उनी भानुलाई कुनै पनि हालतमा नियुक्त नगर्ने दवाव दिएकी छन् ।
आरजुले भतिज प्रकाश देउवालाई स्वकीय सचिव नियुक्त गर्न पर्ने अडानका कारण देउवा र उनको बोलचार बन्द भएको छ । उनीहरुबीचमा बोलचाल बन्द हुँदा प्रधानमन्त्रीको सचिवालय रिक्त छ ।
यसबाट बालुवाटारमा दुई गुट रहेको प्रस्ट हुन्छ । देउवालाई महान बनाउने नाममा आरजुको योजनामा ‘मलाई शेरबहादुर देउवा मन पर्छ किनभने ।’ भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाएका छन् । यसको चौतर्फी विरोध भएको छ ।
सचिवालयले पूर्णता नपाउँदै बालुवाटरमा कुन गिरोह पसेर उल्कापात मच्चाएको हो भन्ने कुरा स्वयं प्रधानमन्त्रीले पनि थाहा पाएका छैनन् । यस विषयमा भानुले सहजीकरण गरिरहेको बुझिएको छ ।
उनले आफू स्वकिय सचिव नभएपनि खासै फरक नपर्ने भन्दै अर्कै बनाउँदा सहजीकरण गरेका छन् । यसमा आरजु सकारात्मक देखिएको भएपनि देउवाले मानेका छैनन् ।