राजेन्द्र महतो फेरी विवादमा, दिए देश टुक्राउने अभिव्यक्ती
काठमाडौँ – जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो फेरी विवादमा तानिएका छन् । ओली सरकारमा १८ दिने उपप्रधान तथा सहरी विकास मन्त्री बनेका जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले फेरी विवादमा तानिएका हुन् ।
मन्त्री पदको सपथ ग्रहण गरेकै दिन बहुल राष्ट्रिय राज्यको तयारीका लागी मन्त्री बनेको भनेका महतोले फेरी त्यस्तै अभिव्यक्ति दिएका छन् । जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने दोहो¥याएका छन् ।
विहीबार काठमाडौंमा जसपा निकट योङ ईण्डिजिनिष्ठ लिगको प्रारम्भिक भेलामा महतोले बहुल राष्ट्रिय राज्य स्थापित नभएसम्म पछाडि परेका जनताको अधिकार स्थापित हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यका आधारमा देशको शासन र संविधान निर्माण हुनुपर्ने बताएका हुन् ।
उनले एकल राष्ट्रिय राज्यको चिन्तन र सोच बाट भएकै कारण समस्या भएको र उत्पीडित जनताले अधिकार पाउन नसकेको बताए । मुलुकमा सात वटा संविधान आएपनि जनताले भने अझै पनि अधिकारबाट बञ्चित हुनुपरेको उनको भनाइ छ ।
उनले यसअघिको सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएपनि सो बमोजिम काम गर्न नसकेको आरोप लगाए । बहुल राष्ट्रिय राज्य नेपाल स्थापनाका लागि भन्दै योङ ईण्डिजिनिष्ठ लिग गठन गरिएको जसपाका नेताहरुले जनाएका छन् ।
मन्त्रीको पद बहालीका दिन महतोले दिएको यहि अभिव्यक्तिका कारण व्यापक विरोध भएको थियो । यहि अभिव्यक्तिका कारण उनले झण्डै झण्डै पदबाट राजिनामानै दिनु पर्ने सम्मको अवस्था आएको थियो , सवोृच्च अदालतको आदेश बाट मन्त्री बनेको १८ दिनमै पद चट भएका महतो आफ्नो बोलीका कारण विवादमा परिरहने नेता हुन् ।
बहुल राष्ट्रिय राज्यको कुरा उनले किन पटक पटक गरिरहका छन् भन्ने कुराको गम्भिर विमर्श हुने गरेको छ । धेरैको बुझाइ बहुल राष्ट्रिय राज्य भनेको देश टुक्राउने उदेश्यले ल्याएको भन्ने नै छ । महतो तिनै नेता हुन् जसको नागरिकता छानविनको समेत माग व्यापक रुपमा भइरहेको छ । सरकारी निकायमा उनले नेपालको नागरिकता लिएको कुनै रेकर्ड छैन , बुवा भन्दा उनले पहिला नागरिकता लिएका थिए ।