दल फुट सम्बन्धी अध्यादेश जारी, के के छ विशेषता ?

मंगलबार, १ भाद्र २०७८

काठमाडौं – सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गरेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्दा पछि हटेर शेरबहादुर देउवा सरकारले अध्यादेश ल्याएको हो ।

आज बालुवाटारमा बसेको बैठकले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्नसक्ने प्रावधान सहित अध्यादेश जारी गरेको हो । अध्यादेश प्रमाणिकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाइने एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति कार्यालय पुगेका छन् । मन्त्रिपरिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका हुन् ।

बालुवाटारनिकट स्रोतका अनुसार अध्यादेश प्रमाणीकरणलगायत विषयमा परामर्शसमेत गर्नेगरी देउवा आफैं शीतल निवास गएका हुन् । मन्त्रिपरिषद् बैठकले राजनीतिक दल समबन्धी ऐन संशोधन अध्यादेश जारी गरेको थियो ।