माधव नेपाललाई झट्का, ८० जना केन्द्रीय सदस्यले छोडे साथ (नामावलीसहित)
काठमाडौँ – नयाँ पार्टी बनाउन भनेर बुरुक–बुरुक उफ्रिएका एमाले बरिष्ठ नेता माधवकुमार नेपाललाई झट्का लागेको छ । नयाँ दल दर्ता गर्ने अन्तिम तयारीमा रहेका नेपाललाई केन्द्रीय सहस्यहरुले साथ नदिएपछि झट्का लागेको हो ।
उनलाई ८० जना केन्द्रीय सदस्यहरुले पार्टी फुटाउनु गलत भएको भन्दै माधव नेपालको साथ छोडेका हुन् । एमालेको नवौँ महाविधेशनका माधव नेपाल प्यानलबाट १०२ जना विजयी भएका थिए । विजयी मध्ये केहीको मृत्यु भएको छ भने केही पार्टी फुटाएर नयाँ बनाउन पर्ने अडानमा छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि १६ जना केन्द्रीय सदस्यले नयाँ पार्टी तत्काल दर्ता गर्न नेपाललाई दवा दिइरहेका छन् । अब एमाले एकता सम्भव नभएकाले जो जति हुन्छौँ अध्यादेश जारी हुने विक्तिकै नयाँ दल दर्ता गर्नपर्छ भन्ने १६ जनाको एकमत छ ।
ओलीले पार्टी एकताको ढोका बन्द गरे नयाँ दल बनाउनुपर्छ भन्नेमा झलनाथ खनाल, वामदेव गौतम, मुकुन्द न्यौपाने, वेदुराम भुसाल, रघुजी पन्त, जगन्नाथ खतिवडा, विरोध खतिवडा, श्रीमाया थकाली, रामकुमारी झाँक्री, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, राजेन्द्र पाण्डे, विजय पौडेल, जयन्ती राई, रामप्रित पासवानलगायतको पंक्ति छ।
नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा नामसमेत तय भइसकेको स्रोतले जनाएको छ। ‘केपी ओलीमा सुधार आउने संकेत देखिएन। नयाँ दल दर्ताको तयारी छ। नेता कार्यकर्तालाई बेवारिसे अवस्थामा राख्न सकिँदैन’, नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले भने, ‘विधान, राजनीतिक प्रतिवेदन सबै तयारी अवस्थामा छ।’
ओलीले पार्टीमा एकताको ढोका बन्द गरेपछि नयाँ दल दर्ता गर्नुको विकल्प नभएको नेपाल पक्षका नेताहरूको भनाइ छ। पार्टी विभाजन रोक्न मंगलबार साँझ ३० जना केन्द्रीय सदस्यले आन्तरिक छलफल गरे। नेता नेपाल पनि ओली एकताका लागि तयार भए दल विभाजन गर्ने पक्षमा छैनन्।
तर ओलीले पेलेर जाने संकेत गरेपछि उनी नयाँ दल दर्ताको तयारीमा लागेका हुन्। ‘ओलीले अन्याय गर्दैनन्, सबै साथीलाई न्यायपूर्ण भावनाले हेर्छन् भने पार्टी विभाजन हुँदैन तर त्यसको ग्यारेन्टी उनले दिन सक्दैनन्’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।
नेपाल पक्षका केन्द्रीय सदस्यहरू टंक कार्की, अरूण नेपाल, सुरेन्द्र मानन्धर, ठाकुर गैरे, रविन कोइराला, भानुभक्त जोशी, ममता गिरी, जीवन घिमिरे, निरज आचार्य, माधव अर्याल, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, पवित्रा निरौला खरेल, राजबहादुर बुढा, जयबहादुर राई, चन्द्रबहादुर शाही, नारायण खतिवडालगायत नेताहरूले पार्टीलाई विभाजन हुनबाट रोक्न पहल गरिरहेका छन्। ‘पार्टी विभाजन गर्नहुन्न भन्ने हाम्रो मत रहेको छ तर यो खतरा झन् बढ्दै गएको छ’, छलफलमा सहभागी केन्द्रीय सदस्य सुनुवारले भने।
उनीहरू राति अबेरसम्म छलफलमा जुटेका थिए। त्यस्तै, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, गोकर्ण बिष्ट, भीम आचार्य, हरि राई, प्रतापलाल श्रेष्ठ, गरिमा शाह, सोमप्रसाद पाण्डे, झपट रावल पनि पार्टी विभाजन गर्नहुन्न भन्ने पक्षमा छन्। उनीहरू पार्टी विभाजन भए ओलीतिर बस्ने कि नेपालतिर लाग्ने भन्ने दोधारमा छन्। सरकारले राजनीतिक दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश सिफारिस गरेको भन्दै बिष्ट, भट्टराई र भट्टले विरोध गरेका थिए ।
वरिष्ठ नेता नेपालले मंगलबार दिउँसो अध्यक्ष ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताएका थिए। आफ्नो समूहसम्बद्ध जनवर्गीय संगठनहरूको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरूले एकताका लागि अन्तिमसम्म पहल गरेको भए पनि ओली सच्चिने सम्भावना नभएकाले नयाँ दल बनाउनुको विकल्प नभएको बताए।
पार्टी उपमहासचिव घनश्याम भुसालले एकताका लागि अन्तिम पहल गर्ने भनेको र त्यसमा आफूले सहमति दिएको नेपालले बताए। तर सहमति नभएको नेपालको भनाई छ । माधब नेपालको नयाँ दल आज दर्ता हुने । दर्ता हुने पार्टीको नाम नेकपा समाजवादी केन्द्र राखिएको छ भने चुनाव चिन्ह किताव रहेको छ ।