एकाएक वामदेव गौतमलाई चिठ्ठा पर्यो, पार्टीले दियो यति ठूलो जिम्मेवारी

शुक्रबार, ४ भाद्र २०७८

काठमाडौँ – नेकपा एमाले छोडेर माधव नेपालको नयाँ पार्टीमा लागेपछि वामदेव गौतमलाई चिठ्ठा परेको छ । एमाले उपाध्यक्ष रहेर लामो समय काम गरेका गौतमलाई नेपालले महत्वपूर्ण जिम्मेवारी दिएपछि चिठ्ठा परेको हो ।

उनलाई माधव नेतृत्वको नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट नेतृत्व गर्दै सरकारमा पठाउने भएपछि चिठ्ठा परेको हो । पार्टी दर्ता भएकै भोली पल्ट सरकारमा जाने समाजवादीको योजना छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा उप्रधानमन्त्री सहित महत्वपूर्ण जिम्मेवारी दिने सहमति भएको छ । निर्वाचन आयोगले विभाजित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गरेलगत्तै दर्ता प्रक्रियामा रहेको पार्टी सरकारमा जाने भएको हो ।

आउँदो हप्ता नेकपा एस सरकारमा जाने निश्चितप्रायः भएको छ । विश्वस्त स्रोतका अनुसार बामदेव गौतमको नेतृत्वमा नेकपा एस सरकारमा जाने भएको हो ।

गौतमले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय पाउने चर्चा छ । उनले गृहको जिम्मवारी मागेपनि देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँणकै लागि उक्त मन्त्रालय राख्ने भएका छन् ।

नेकपा एसबाट प्रेमबहादुर आलेले पर्यटन, किसान श्रेष्ठले उद्योग मन्त्रालय पाउने निश्चितप्रायः भएको छ । मेटमणि चौधरी र रामकुमारी झाँक्री पनि मन्त्री बन्ने सुचीमा छन् ।

उपत्यकाबाट निर्वाचितमध्ये जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जन मन्त्री बन्ने सम्भावना छ । जीवनराम ओलम्पिक कमिटीमा रहेकाले कृष्णलाललाई मन्त्री बन्ने अवसर मिल्न सक्छ ।

यसपटक विरोध खतिवडाले पनि मन्त्री बन्ने मौका पाउने बुझिएको छ । उनको पत्नी मुनु खतिवडा प्रदेशसभा सांसद छिन् । उनी पनि माधव नेपाल समूहमा आएकी छिन् ।

नेकपा एसले देउवा नेतृत्वको सरकारमा ७ वटासम्म मन्त्रालय पाउने बुझिएको छ । देउवा नेपालको साथ पाएर निकै खुशी हुनुले मागेको ७ वटा महत्वपूर्ण मन्त्रालय दिन तयार भएको बुझिएको छ ।