चर्चित गायिका मुनाको भाइ जीवनको मार्मिक गीत ‘आउँछु म फर्केर’ (हेर्नुस् भिडियो)
काठमाडौँ – जीवन थापा मगरको पहिलो प्रयासमा ‘आउछु म फर्केर’ बोलको मार्मिक लोक आधुनिक गीत सार्वजनिक गरिएको छ । थापाको आफ्नै शब्द र आवाजमा रहेको गीतमा संगीत बिपन थापा मगरको रहेको छ भने एरेन्ज बिशाल निरौलाले भरेका छन्। गायक थापा चर्चित गायिका मुना थापाको आफ्नै कान्छा भाइ समेत हुन्।
‘बोल माया’ गीतका गायक तथा मोडल प्रकाश सपूतको निर्देशनमा बनेको भिडियोमा उनै सपूत र रियाषा दाहालको अभिनय देख्न सकिनेछ । भिडियोलाई करण चैसिरले खिचेका हुन् भने सम्पादन मनोज कार्की गरेका छन्।
भिडियोमा गरिब भएर हेपिनुको पिडाका साथै बिदेशिनु परेको बाध्यतालाई उजागर गरिएको छ । भिडियो गायिका मुना थापाको युट्युव च्यानलबाट अपलोड गरिएको छ।