अखिल क्रान्तिकारीले दल्यो पशुपति क्याम्पसका अध्यक्षलाई कालोमोसो

शनिबार, ५ भाद्र २०७८

काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले पशुपति बहुमुखी क्याम्सप चावहिलका संचालक समिति अध्यक्ष विष्णु प्रसाद पन्तलाई कारवाही गरेको छ । शनिवार साँझ अखिल क्रान्तिकारीले कालोमोसो दलेर कारवाही गरेको हो ।

क्याम्पसलाई सम्पूर्ण रुपमा धराशायी बनाउँदै सस्थामा नातावाद, व्यक्तिगत मनोमानी गर्दै लाखौँ करोडौ घोटाला गरेको भन्दै कारवाही गरेको हो । घोटाला गरेका व्यक्तिलाई बचाउँदै आफू पनि सम्पूर्ण रुपमा बच्न राजीनामा दिएको नाटक गरेर उम्किन खोजेको भन्दै अखिल क्रान्तिकारीले कारवाही गरेको जनाएको छ ।

‘घोटालामा मुछिएकाले, घोटालाको छानविन गर्न बनेको समितिको प्रतिवेदन सार्वजनिक नगर्ने, संस्था धराशायी बनाउन खोज्ने सबै अपराधिहरूलाई सगठनले चरणबद्ध रुपमा कारवाहि गर्ने र आजबाट कारबाही अगाडि बढाएको कुरा सहर्ष जानकारी गराउँदछौ।’ अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्सप समितिद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

पन्तमाथि विभिन्न शीर्षकमा केही विद्यार्थी संगठन र केहि कर्मचारीहरूलाई घुस खुवाई लाखौं रकम घोटाला गरेको, क्याम्पस सभा त्रिभुवन विश्वविद्यालयको विधान विपरित गर्न खोजेको, सामुदायिक क्याम्पसमा अत्यधीक नातावाद हावि गरेको ओरोप लागेको छ ।

साथै, करोडौं घोटाला गरी राजिनामा दिई भाग्न खोजेको, लेखा परीक्षण प्रतिवेदन, आर्थिक छानविन समितिको प्रतिवेदन सार्वजनिक, नगरेकाले, करोडौं घोटाला गरेका व्यक्तिहरूलाई निष्पक्ष छानविन नगरि बचाउन खोजेकाले, सामुदायिक क्याम्पस धाराशायी बनाएको आरोप लागेको छ ।