क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको तेस्रो पूर्ण बैठक सम्पन्न
ललितपुर – नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ललितपुरको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष राजकुमार मगरको अध्यक्षतामा बैठक सप्पन्न भएको हो । नेकपा ललितपुर जिल्ला सेक्रेटरी क. बिशालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उनले एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापनाका लागि मजदूरहरुको भुमिका महत्यपूर्ण भएको बताए ।
विशेष अथिति अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राष्ट्रिय समन्वय समिती उपत्यका व्युरो संयोजक क. शिशिर थापा र अतिथि अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघका केन्द्रिय उपाध्यक्ष क. लाल ब. तामाङको उपस्थिति रहेको थियो।
बैठकले कमिटीको घनिभुत विस्तार गर्ने, पेशागत जिल्ला संगठनका बैठक, भेला सम्मेलन गर्ने,पेशागत हकअधिकारको निम्ति संघर्श गर्ने,पुर्ण मजदुरका मुक्तिका निमित्त बैज्ञानिक समाजबादी राज्री व्यवस्था निर्माणको दिशामा अझ प्रगतिशील भयर बढने निर्णयहरु गरेको छ ।