उदाङ्गीयो माओवादीको राष्ट्रवाद, भारतीय नेता भेट्न सुटुक्क होटल पुगे प्रचण्डका दूत, बाहिरियो गोप्य सहमति
काठमाडौं – सत्ताबाहिर हुँदा नेकपा माओवादी केन्द्र आफूलाई राष्ट्रवादी भन्दै सडक तताउँदै आएको छ । भारतको विरोध गरेर उग्रराष्ट्रवादी बन्दै आएको माओावादी ।
तर अहिले सत्तामा आएपछि माओवादी पनि भारतसामु लम्पसार परेको छ । माओवादी जनयुद्धको बेलामा पनि भारतीय विस्तारवाद भन्दै सुरुङ युद्ध लड्ने माओवादीको योजना थियो । अहिले उक्त राष्ट्रवाट पुरै उदाङ्गीएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विचौलिया विस्थापित गरेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सिधा सम्बन्ध स्थापना गरेर मोदीका दूत रअ प्रमुख सामन्त गोयल भेट्दा खुब विरोधमा उत्रेको माओवादी अहिले सत्तामा आएपछि भारतीय नेतासँग छिनछिनमा भेट गरेर चाकरी गरिरहेको छ ।
अहिले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवाले नेपाल भ्रमणमा छन् । उनले सोमवार माओवादी अध्यक्ष प्रचण्डसँग भेट गरे । प्रचण्ड निवास खुमलटारमै गएर भेटेको भोलिपल्ट माओवादीकै नेता वर्षमान पुनले होटल मेरियटमा गोप्य वार्ता गरेका छन् ।
विगतमा भारतको विरोध गरेर चीनको पक्षमा उभिएर राष्ट्रवादी बनेको माओवादी अहिले भने भारतसँग लाइन मिलाउन प्रचण्डले गोप्य रुपमा आफ्ना दूत खटाएका हुन् । यसैक्रममा प्रचण्डको दूत बनेर वर्षमानले भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग होटलमा गोप्य भेट गरेका हुन् ।
चौथाईवालेलाई भेट्न पुन विहान ८ः२५ मा होटल मेरियट पुगेका थिए । भारतीय सत्तारुढ दलका नेता बसेकै होटलमा प्रचण्डसँग भेटिसकेपछि फेरि गोप्य भेटका लागि माओवादी नेता जानुले माओवादीको राष्ट्रवाद नाङ्गीएको छ ।
हिजो ओलीले मोदीका दूतलाई भेट्दा राष्ट्रघाती भन्ने माओवादीका नेता आज आफै होटलमा एक्लै भेटेर आफूले भनेजस्तै ‘राष्ट्रघाती’ बनेका छन् । अर्थात माओवादीको मौसमी राष्ट्रवाद नाङ्गीएको छ ।
भारतीय नेता चौथाईवालेले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेर नेपाल–भारत सम्बन्धबारे चर्चा गरेका थिए ।