कविता : त्यो श्वरमा कुनै आवाज छैन
अनुहारमा
रातो पोतेर
उदयकालिन सुर्यको जस्तो अनुहार बनाए पनि
त्यो अनुहारमा
कान्ति, चमक छैन
ओठमा छल
खुट्टा रक्तपात गर्न लम्केको छ
०
धेरै अगाडी
मृत भैसकेको त्यो शरिर
सडेको गलेको छ
कति दिन शीवजीले बोकेर हिडे जस्तो
हिडने त्यो लाशलाई बो
०
धेरै अगाडि
एउटा चिहानमा गाडिसकेको
रातो पोतेर उदयकालिन सुर्य जस्तो बनाएको अनुहार
अब नरकंकाल मात्र बाँकी छ
तैपनी सेतो चुना लगाएर
भर्खर–भर्खर मृत भएजस्तो प्रतित
त्यो स्वरमा कुनै आवाज छैन
उठ्नमा परेको मान्छे
छट्पटाएर परिश्रम गर्दै
आवाज निकाल्न खोजे पनी सक्तैन
त्यो परिश्रम गर्न नसक्ने
घोक्रो खुला रित्तो चिहान हो