महराले पाए यती ठूलो जिम्मेवारी, नारायणकाजी आउट !

बुधबार, ९ भाद्र २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले ठूलो जिम्मेवारी पाएका छन् । उनलाई माओवादीले पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

सभामुखबाट पदमुक्त भएपछि पेण्डुलम जस्तै बनेका महराले झण्डै दुई बर्षपछि महत्वपूर्ण जिम्मेवारी पाएका हुन् । पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् ।

शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए । यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।