एमाले मिलेपछि बाबुरामलाई खाना रुच्च छोड्यो

बुधबार, ९ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका मध्यमार्गी नेताहरु एमालेमै फर्किएपछि संघिय समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई खाना रुच्न छोडेको छ । पार्टी मिलेपछि उनले चिन्त व्यक्त गरेका छन् ।

मंगलबार बसेको स्थायी समिति बैठकमा नेताहरु उपस्थित भएपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई चिन्तित बनेका हुन् । नेकपा एमाले मिलेकोमा डा. बाबुराम भट्टराईले चिन्ता व्यक्त गरेका हुन् ।

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै एमाले मिलेकोमा दुःख मनाउ गरेका हुन् । उनले ट्वीटमा भनेका छन्, ‘हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत र आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै ।’

उनले ट्वीटमा अगाडि भनेका छन्, ‘बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला, ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र ? चुनावचिन्ह नै पार्टी हो र ? खै चेत ?’

उनले बारम्बार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहार गर्दै आएका छन् । पार्टी फुटाउन पहिलो पटक अध्यादेश ल्याएर सांसद अपहरण गरेपछि उनी ओलीसँग रुष्ठ भएका थिए ।

अहिले गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवाले त्यही अध्यादेश व्युताएर पार्टी फुटाइदिएपछि उनलाई अक्क न बक्क भएको छ । उनको पार्टी पनि दुई चिरा भएको छ ।