बादलको चित्त दुखेपछि एमालेमा लफडा, ओलीले लिए एक्सन

बिहिबार, १० भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेमा नेकपा माओवादी केन्द्र परित्याग गरि आएका नेताहरुको अपमान हुन थालेको छ । नेकपा एकढिक्का भएपछि माओवादी नेताहरुलाई बाइपास गरेर अपनाम गर्न थालिएको हो ।

नेकपा एमाले् २०७५ जेठ २ पूर्वको अवस्थामा फर्किए पछि बादलको पद र बरियता के हुने भनेर चासो बढेको छ । माओवादीबाट आएका बादल अहिले एमालेमा स्थायी कमिटी सदस्य मात्रै रहेका छन् । यो विषयले उनको चित्त दुखेको छ ।

एमालेमा सहमती भएको दिन स्थायि कमिटी बैठकबाट निस्किएर सामूहिक फोटो सेसन गरेका दिन पनि बादल राम्रोसँग खुल्न सकेका थिएनन् उनको अनुहारमा रहेको निराशा प्रष्ट देख्न सकिन्थो भने भोलीपल्ट भएको पत्रकार सम्मेलनमा पनि बादल कुनामा फलामको कुर्सीमा बसेको कुराले राम्रै चर्चा पाएको थियो ।

आज भने एमाले केन्द्रिय कमिटी बैठकमा बादललाई सम्मान जनक सिटको व्यवस्था गरिएको छ । १० बुँदे सहमति कार्यान्वयन गर्दै जेठ २ मा फर्किएका नेकपा एमालेमा सुवास नेम्वाङ र रामबहादुर थापा बादललाई पदाधिकारीहरूको शीर्ष वरीयतामा राखिएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा बादलका लागी विशेष कुर्सीको व्यवस्था गरिएको हो ।

माधव नेपाल छाडेर फर्किएका नेताहरूसहितको बिहीबारको केन्द्रीय कमिटी बैठकमा नेताहरूका आसन व्यवस्थापन गर्दा नेम्वाङ र रावललाई केन्द्रीय कमिटीका सचिवहरूभन्दा अघिल्लो लहरमा राखिएको हो ।

नेम्वाङ संविधानसभा अध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेकाले उनी शीर्ष वरीयतामा छन् । त्यस्तै बादल तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा आठौं वरीयताका नेता थिए भने अहिले स्थायी कमिटी सदस्य छन् ।

पहिलो लहरमा अध्यक्ष, तीन उपाध्यक्ष, महासचिव, दुई उपमहासचिवसँगै नेम्वाङ र बादललाई राखिएको छ । पाँच सचिव र अन्य स्थायी कमिटी सदस्यहरू त्यसभन्दा पछिल्लो लहरमा बसेका छन् ।