देउवा सरकारको अर्को प्रशंसनीय काम, जयसिंह धामीका परिवारलाई यती ठूलो राहात
काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले अर्को प्रशंसनिय काम गरेको छ । सरकारले भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि महाकाली नदिमा बेपत्ता भएका जयसिं धामीको परिवारलाई आर्थिक सहायता गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
करिब एक महिनाअघि भएको घटनामा सरकारले छानविन समिति बनाए पनि अहिलेसम्म समितिले प्रतिवेदन दिन सकेको छैन । भारतीय एसएसबीबाट क्षतिपूर्ति भराउनुपर्ने माग हुँदै आए पनि सरकारले आफैं १० लाख दिने निर्णय लिएको हो ।
महाकाली घटनाको छानविन गर्नका लागि गएको गृहमन्त्रालयको टोली काठमाडौँ फर्किसकेको छ । नदीमा तुइन तर्ने क्रममा एसएसबीले डोरी फुकाइदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानबिन गर्न खटिएको टोली फर्किए पनि प्रतिबेदन सार्वजनिक गरेको छैन् ।
घटनाको छानबिनका लागि गृह मन्त्रालयले खटाएको सहसचिव जनार्दन गौतम नेतृत्वको टोली खटिएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले छानबिनका क्रममा गर्नूपर्ने काम सकेर गृहको टोली फर्किएको जानकारी दिए ।
झण्डै ८ दिनसम्म दार्चुलामै बसेको टोलीले नदीमा बेपत्ता भएका व्याँस गाउँपालिका २ का जयसिंह धामीको परिवारदेखि अन्य सरोकारावाला पक्षबीच भेटघाट गरेर छलफल गरेको थियो ।
‘जिल्लास्थित विभिन्न क्षेत्रका सरोकारवालासँग छलफल, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बुझ्ने कामसँगै घटना स्थलको नेपाल र भारततर्फबाट स्थलगत निरीक्षणलगायतका काम सकेर सहसचिव ज्यूको नेतृत्वमा रहेको टोली फर्किएको छ,’ प्रहरी नायब उपरीक्षक ९डीएसपी० भट्टले भने, ‘यहाँबाट फर्किए पनि बैतडी, डडेल्धुरा र कञ्चनपुरमा महाकाली नदी तटीय क्षेत्रको निरीक्षण गर्नेछ ।’
१५ साउनमा भारतीय भूमिको प्रयोग गरेर सदरमुकाम खलंगा आउने बेला महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले डोरी फुुकालिदिएपछि खसेर व्याँस गाउँपालिका २ का ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।
बेपत्ता धामीको अवस्था भने अझै अज्ञात छ । परिवारले उनी जिवितै भेटिने आशा मार्दै कुसको आकृति बनाएर हिन्दु संस्कारअनुसार दाहसंस्कार गरिसकेको छ । तर नेपाल प्रहरीसहितका तीन वटा सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता धामीको खोजी कार्य जारी राखेका छन् ।