मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आबेगमा आएपछि…
काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आवेगमा आएपछि लफडा भएका छ । एमाले उपाध्यक्ष शाक्यले आफ्नै मन्त्रीसँग लफडा गरेकी हुन् ।
अघिल्लो बुधबार राती मुख्यमन्त्री बन्नुभएकी अष्टलक्ष्मी शाक्य र उनीसङ्गै शपथ लिएका सामाजिक विकास मन्त्री कृष्ण खनालवीच भनाभन भएको हो । खनाल हेटौंडाबाट सीधै माधव नेपाल खेमाको भेलामा सहभागी हुन मङ्गलबार बेलुका चन्द्रागिरी हिल्स पुगेका थिए ।
यही विषयका मुख्यमन्त्री शाक्यले तपाईं अनैतिक मान्छे, तुरुन्तै राजीनामा दिनुस् भनेर उर्दी जारी गरेपछि मन्त्री खनालले पनि मुखभरिको जवाफ फर्काएको चर्चा छ । ‘तपाईं आफूलाई मुख्यमन्त्री पाउने बित्तिक्कै सामुहिक १० बुँदे सहमति कार्यान्वयन भयो ?’ भन्दै फर्काएका थिए ।
मन्त्री खनाल चन्द्रागिरी रिसोर्टमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी र सांसद भेलामा सहभागी भएको विषययलाई लिएर मुख्यमन्त्री शाक्यले पेलेर कुरा गरेसँगै खनालले पनि तपाईं अनैतिक कि म अनैतिक ? भन्दै सवाल जवाफ गरेका हुन् ।
मन्त्रीको प्रश्नमा मुख्यमन्त्री मौन रहिन । स्रोतका अनुसार खनालले तपाईं आफूलाई मुख्यमन्त्री पाउने बित्तिक्कै सामुहिक १० बुँदे सहमति कार्यान्वयन भयो रु भन्दै मन्त्री खनालले मुख्यमन्त्री शाक्यलाई अर्को प्रश्न गरे ।
‘त्यत्रो महिना सामुहिक लडाइँ लडेर पद पाउनासाथ किन एक्लै सम्झौता गर्न जानुभयो रु पद पाएपछि हिजोको प्रतिगमनकारी र गैह्र कम्युनिस्ट महान क्रान्तिकारी ।’
स्थायी समितिको बैठक डाकी त्यसैबाट अब बाग्मती र एक नम्बर प्रदेशको मुख्यमन्त्री को बन्ने भनेर भीम आचार्य र तपाईंको नाममा निर्णय गराएको भए हुन्थेन ? त्यत्रो महिना सामुहिक लडाइँ लडेर पद पाउनासाथ किन एक्लै सम्झौता गर्न जानुभयो ?
पद पाएपछि हिजोको प्रतिगमनकारी र गैह्र कम्युनिस्ट महान क्रान्तिकारी ? भन्दै उहाँले शाक्यलाई प्रश्नमाथि प्रश्न तेर्स्याएको हेटौंडाभरी चर्चा छ ।