भीम रावलले नयाँ पार्टी खोलेको रहस्य खुल्यो, बालकोटमा खैलावैला

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ पार्टी खोलेको रहस्य खुलेको छ । एमालेभित्र क्रान्तिकारी नेताको छवि बनाएका रावलले एकीकृत समाजवादी जन्मिन भन्दा अगाडिनै पार्टी दर्ता भएको खुलेको हो ।

एकीकृत समाजवादी पार्टी दर्ता गरिसके पछि अध्यक्ष माधवकुमार नेपालले यस्तो रहस्य खोलेका हुन् । आफ्नो साथ् छाडेर ओली पक्षमा लागेका मध्यमार्गी नेताहरूले पहिले नै पार्टी दर्ता गरिसकेको रहस्य खोलेका हुन् ।

नेता नेपालले पार्टी दर्ता पछिको औपचारिक पत्रकार सम्मेलनमा यस्तो रहस्य खोलेका हुन् । अध्यक्ष नेपालले यस्तो आरोप लगाएपछि भीम रावलले स्पष्टिकरण दिएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटी रावलले आफूहरुले पार्टी दर्ता नगरेको मौखिक स्पष्टिकरण दिएका हुन् । नेपालको सुरा सुनेर सशंकीत भएका ओलीले भीम रावलको कुरा सुनेपछि ढुक्क भएका छन् ।

नेता नेपालले पहिले नै पार्टी खोल्ने र अर्को पार्टी खोल्न उक्साउनेहरूले नै आफ्नो साथ छाडेर दक्षिणपन्थीलाई साथ् दिएको बताए । नेता नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।

उनले सुरेन्द्र पाण्डे, भीम रावल लगायतका मध्यमार्गी भनिएका नेताहरूले पार्टी पहिले नै खोलिसकेको, आफूलाई पार्टी फुटाउन उक्साएको र बिचैमा छोडेको आरोप लगाए ।

विद्यार्थी नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत नामको दल दर्ता गरेका थिए । उक्त दल दर्ताका लागि नेता सुरेन्द्र पाण्डेले जीवन राईलाई बारम्बार ताकेता गरेका थिए ।

एक नेताका अनुसार नेता पाण्डेले राईलाई ‘त्यति जाबो पार्टी खोल्न पनि म नै धाउनु पर्ने हो र भन्दै दवाव दिएका थिए । यसैलाई संकेत गर्दै पत्रकार सम्मेलनमा नेता नेपालले साथ् छाडेका नेताहरूले पानीले नै दल दर्ता गरिसकेको बताएका थिए ।

उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।

‘हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए ।’ उनको भनाइ थियो, ‘ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्ने बाहेक विकल्प भएन ।’

‘इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् ।’ उनले भने, ‘ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नुपर्थ्यो ।’