एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी गठन

शुक्रबार, ११ भाद्र २०७८

काठमाडौं – माभवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज बसेको बैठकले पाँच सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।

नेकपा एसले नेकपा एमाले हुँदाकै पाँच जना रहेको स्थायी कमिटी कायम गरेर स्थायी कमिटी बनाएको हो । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन् ।

एक नेताले दिएको जानकारी अनुसार यो स्थायी कमिटी तत्कालका लागि मात्रै हो । राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ ।

‘तत्काल काम चलाउन यो स्थायी कमिटी कायम गरिएको हो । चाँडै स्थायी कमिटी विस्तार हुनेछ,’ नेता बेदुराम भुसालले भने ।

नेकपा एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले ९ भदौमा वैधानिकता पाएको थियो । एकीकृत समाजवादीको पदाधिकारी समेत टुंगिएको छैन ।