पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको पोल खुल्यो
काठमाडौँ – नेपाली सेनाका निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको पोल खुलेको छ । प्रधानसेनापतिबाट अवकास पाइसकेपछि उनको पोल खुलेको हो ।
मिडियाको ध्यान तान्न खप्पिस र मिडिया फ्रेण्डी रहेका थापा अरु भन्दा सहज प्रधानसेनापति भएको छवि बाहिर बनेको थियो । उनको बाहिरी रुप जति सरल र सहज थियो भित्री रुप त्यत्तिकै कठोर र कुरुप थियो भन्ने रहस्यका पोकाहरु विस्तारै खुल्दै गएका छन् ।
पूर्णचन्द्र थापाबाट पीडीत भएकाहरुले विस्तारै आफूमाथि भएका ज्यादतीका पोकाहरु खोल्दैछन् र उनको वास्तविक अुनहार जनता माझ आइरहेको छ । हालै प्रतिष्ठित अनलाइन साँधु न्युजमा एक पाठकले सम्पादकलाई पत्र लेख्दै पूर्व चिफ साप थापाका कुर्ततहरुको भण्डाफोर गरेका छन् । यस्तो पाठकको चिठी जस्ताको तस्तै,
श्रीमान सम्पादकज्यू
साँघु न्यूज डटकम
चिफ पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकालमा पीडित भएका धेरै छन । अब बिस्तारै खुल्दै छन, चिफ पूर्णचन्द्रको पालामा आफू मिडियाबाजी गर्ने, काम भने उल्टो गर्ने धेरै भए, सायद उहाँको आसेपासे र सल्लाहकार एकदमै खराब थिए होलान । यहाँ पीडित तलको दर्जामात्र छैन माथिको दर्जा कोइ कोइले सहीलाई सही र खराबलाई खराब भन्यो भने त्यसको घोक्रो समाती हाल्छन् । कोइ कोइ त्यस्तै अधिकृतले सत्यको बारेमा बोलेको छन, तर कारबाहीमा परेका छन । अब बिस्तारै सबै घटना खुल्दै जानेछन् । पूर्व चिफ साबको हिटलरी तानाशाही बढी नै भयो ।
अब आउने चिफ साबले न्याय मार्नु हुदैन भन्ने लाग्छ । नत्र एक निर्दोषलाई कारबाही गर्न सयौं दोषीलाई छुट दिने सैनिक अदालत माथि प्रश्न चिन्ह खडा भएको छ । जस्तै अन्य घटनामा लेबलानको गणपतिले त्यो जर्साब कैले घर जान्छ भनेको भरमा पूर्ण थापाको साढु भाइ उपरथी रघु भन्डारीको छोरीलाई बचाउन, चिफले एक होनाहार गणपतिलाई एकपछि अर्को झुट्टा आरोप लगाई बलिको बोका बनाइयो ।
कङ्गो घटनामा आफ्नै सहकर्मी सिपाहीलाई मादक पदार्थ सेवन गरि सिपाहीको लाइनमा गै युद्धको बेलामा पक्रिएको जङ्गी कैदीलाई पिट्न नमिल्ने कुरा छ । तर आफ्नै सहकर्मी सिपाही नवराज माझीलाई अङ्गभङ्ग र अचेत बनाई पिट्नेलाई सामन्यिकरण गरि मिलाउने र पिटाइ खाने सिपाही र सिपाही अचेत भएपछि डा।अधिकृतले उपचार गर्न नमाने पछि , बारम्बार गणपतिसम्मलाई रिपोर्ट गर्दा समेत कसैले सुनेन । पछि मिडियाको सहायता लिने मेडिकलका एक गरिब सिपाहीलाई छ महिना जेल सहित जागिर बर्खास्ती गरियो ।
अरु त के कुरा सिपाही निर्दयी पाराले पिटियो यो गलत हो । यहाँ आर्थिक हिनामिना पनि हुनसक्छ भनेर आआफ्नै मेसेन्जरमा नितान्त साथीहरू बिचको कुरालाई समेत लिई भ्रष्टाचार लुकाई सेनाका दुई योग्य अधिकृत समेत पीडित भए । त्यसमध्येको एक ब्यक्ति म पनि हुँ । मलाई मिडिया बाजीको आरोप लगाइयो । तर मैले कहीँकतै कुनै कुरा दिएको थिएन ।
अब फलाम तातेको छ अन्यायको विरुद्ध म अदालत, रक्षा , प्रधाननमत्री कार्यलय, ग्ल्, ग्ल् लजिस्टिक हे।क्वा, न्यूयोर्क हेड क्वाटर, पीडित अङभङ सिपाही लिएर हेग, महान्याधिबक्ताको कार्यालय, संसद ,र ग्ल्, को कन्ट्रिटिममा ग्ल् फ्युल बेचेको प्रमाण लिएर झुट्टा मुद्दा बिरुद्ध लड्ने छु ।
चिफ थापाको पालामा करिब हजार जति निर्दोष सिपाही जेलमा पाचहजार सिपाही कारबाही, ६० अधिकृत , ७ प्रथम श्रेणीको अधिकृत र तीन जना जर्नेलको बिना कारण सामान्य रिसइबी र कुरा लगाएको भरमा करिब एक हजार जति सिपाही जेल कोचेका छन ।
यो मध्य करिब २र३ प्रतिशत मात्र दोषी छन बाँकी कुरा लगाएको र ब्यक्तिगत रिसइबीको भरमा कारवाहीमा परेका छन । ‘निगरानी ‘ भन्ने छ महिनासम्म कालकोठरी जस्तै कोतगार्डको कोठामा जेल भन्दा कठोर र दिसा पिसाब भित्रै कोपारामा गराई कालकोठरीमा कोचेर राखेको हुन्छ ।
त्यो पनि अदालत गठनभन्दा पहिलै, तर प्रहरीले उचित कारण हुँदाहुँदै पनि कारण र पक्राउ पुर्जी पहिलै दिएर २४ घन्टा मात्र राख्छ । यदि हिरासतमा राख्नु पर्ने भएमा अदालतको आदेश लिन्छ ।
अचम्मको कुरा ूनिगरानीू भन्ने शब्द सैनिक ऐन, मुलुकी ऐन, र संविधानमा कहाँ छ, यसरी नागरिकलाई अन ल फुल डिटेन्सनमा लिइ नेपालको संविधानको धारा २३ को निवारक नजरबन्दको मौलिक हक हनन गरिरहेको हुन्छ ।
त्यस्तै अन्य मौलिक हकमा धारा १९ सञ्चारको, धारा २० न्याय सम्बन्धी , धारा २१ अपराध पीडितको , धारा २२ यतना पीडितको, धारा २५ सम्पत्तिको धारा २७ सूचनाको र धारा गोपनियताको हक सैनिक अदालतबाट हनन र कोर्ट अफ ईन्क्वारीको नाममा हुन्छ, यस ठाउँमा अदालत गठन अगाडि दोषी ठहर गर्ने अभियोजन भन्ने गैरव्यावसायिक शाखा र जुन चिफसँग पनि कुरा लगाएर खाने काम नगर्ने कर्नेल महेन्द्रजङ्ग शाह छन । जसको थर शाही भए पनि शाह थर राखी जागिर खाइरहेका छन यो कसले अनुसन्धान गर्ने ? (राज दाई)