विद्यार्थीका लागि कहिले खुल्छ अस्ट्रेलिया ?
अस्ट्रेलिया – विराटनगरकी रेश्मा सुवालले अस्ट्रेलियाको विद्यार्थी भीसा लिएर बसेको एक वर्ष भयो । अन्तराष्ट्रिय विद्यार्थीका लागि बोर्डर खुल्ने आशामा अनलाइन पटिरहेकी उनले अहिलेसम्म यसबारे कुनै निर्णय भएको जानकारी पाएकी छैनन् ।
त्यस्ते, काठमाडौँका विकल श्रेष्ठ उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान पाउने आशामा एक वर्षदेखि कुरिरहेका छन्। उच्च शिक्षाका लागि भिसा लागेका सयौं नेपाली विद्यार्थी अस्ट्रेलिया कहिले आउन पाइएला भनेर पर्खामा छन् ।
धेरैले नेपालमै अनलाइन पढाइलाई समेत निरन्तरता दिइरहेका छन्। लगभग साम्य भइसकेको कोभिड १९ को संक्रमण केही महिनादेखि सिड्नी, मेलवर्नलगायत सहरमा पुनः बडेपछि उनीहरूमा अस्ट्रेलिया आउन पाउने–नपाउने अन्योल झन् बढेको हो।
विद्यार्थी अस्ट्रेलिया कहिलेदेखि आउन पाउने भन्नेबारे यहाँका सरकारी अधिकारीले समेत खुलस्त पार्न सकिरहेका छैनन् । सरकारद्वारा कोभिड नियन्त्रणका लागि चालिएका केही कदमले कि यसको नियोल गर्ने बताइएको छ ।
अको वर्षको जुलाईदेखि नेपालसहितका विदेशी विद्यार्थी अस्ट्रेलिया आउने सम्भावना रहेको यस क्षेत्रमा काम गरिरहेकाहरूको भनाइ छ। अस्ट्रेलियाली अर्थतत्वमा अन्तर्राष्ट्रिय विद्यार्थीको बरिब ४० अर्ब डलर बराबरको योगदान छ। यसबाट अस्ट्रेलियाको कृषी, सरसफाइ तथा हस्पिटालिटी क्षेत्रको आवश्यक जनशक्ति परिपुर्ति हुँदै आएको छ।
त्यसका साथै यहाँका शैक्षिक संस्थाले समेत सरकारलाई विद्यार्थी निभ्याउन दवाव दिदै आइरहेका छन् । तर, संक्रमण झन फैलिरहेकाले अस्ट्रेलियाले अर्को वर्षको जुलार्इ अघि विद्यार्थी भित्र्याउने सम्भावना निकै कम छ।
यस क्षेत्रका जानकार पनि जुलाईदेखि मात्र उल्लेख्य संख्यामा विदेशी विद्यार्थी आउन सक्ने बताउँछन्। उनीहरू अस्ट्रेलियाले न्यूनतम ७० प्रतिशत जनतालाई खोप लगाइसकेपछि र अस्ट्रेलिया सरकारने मान्यता दिएको खोप लगाएको खण्डमा प्राथमिकताका आधारमा विद्यार्थी ल्याउन सक्ने बताउँछन् ।
सिड्नीका कानुन व्यवसायी सजीव पाण्डे भन्छन, ‘विदेशी विद्यार्थी नभएका कारण आर्थिक र रोजगारमूलक क्षेत्रमा नै असर देखिएकाले सरकारले सकेसम्म छिटो विदेशी विद्यार्थी त्याउँछ।’ ७० देखि ८० प्रतिशत नागरिकलाई खोप लगाइसकेपछि अको वर्षको सुरुवातदेखि क्रमिक रुपमा विदेशी विद्यार्थी आउन पाउनेमा उनी आशावादी छन् ।
यद्यपि, नेपाली विद्यार्थी त्यसका लागि प्राथमिकतामा पर्ने कुनै ग्यारेन्टी नभएको उनको भनाइ छ। ‘हालको अवस्थामा अस्ट्रेलिया आउने पहिलो सम्भावना भनेको सरकारले मान्यता दिएको खोप लगाइसकेकाहरू ने हुन्’, उनले भने ।
अस्टेलियाले अहिलेसम्म अस्ट्राजेनका, फाइजर, मोडोनाको खोपलाई स्वीकृति दिइसकेको छ। अस्ट्रेलिया आउन चाहने नेपाली विद्यार्थीले समेत सरकारले निर्णय लिइसकेपछि यी ३ खोप लगाएको प्रमाण प्रस्तुत गर्न सक्नुपर्छ ।
खोपका साथै क्वारेन्टाइन सुविधाको उपलब्धताअनुसार विदेशी विद्यार्थी भित्र्याइने योजना सरकारको छ। अस्ट्रेलियाली सरकारको आर्थिक सल्लाहकारका रूपमा लामो समय काम गरिसकेका कृष्ण हमाल अर्को वर्षको जुलाईदेखि उल्लेख्य मात्रामा विदेशी विद्यार्थी आउने सम्भावना देख्छन् ।
‘हो, अहिले आर्थिक रूपमा सरकारलाई धेरै घाटा भइरहेको छ तर पनि खोपको लक्ष्य पूरा नभई विद्यार्थी ल्याउने सम्भावना छैन,’ उनले भने । हमाल अस्ट्रेलियामा विदेशी विद्यार्थी ल्याउने नेपाल तेस्रो ठूलो स्रोतमुलक भएकाले प्राथमिकतामा पर्न सक्ने सुनाउँछन् । तर पनि यहाँको सरकारसे मान्यता दिएको खोप लगाएका विद्यार्थी ने प्राथमिकतामा पर्ने उनी दाबी गर्छन् ।
यसअघि विद्यार्थी ल्याउन न्यु साउथ वेल्सर भिक्टोरियाले नमूना कार्यक्रम ल्याउँथे । तर संक्रमण बढेपछि न्यु साउथ वेल्सले उक्त कार्यक्रम स्थगित गरेको छ । भिक्टोरियाले सुरक्षाको अवस्था हेरेर मात्र विद्यार्थी ल्याउने जनाएको छ। त्यस्तै, दक्षिण अस्ट्रेलियाले पनि नमुना कार्यक्रममार्फत विदेशी विद्यार्थी ल्याउने योजना बनाएको छ। नारायण खडकाले अस्ट्रेलियाबाट यो खवर कान्तिपुरका लागि लेखेका छन् ।